७ वैशाख २०८१ शुक्रबार
राजनीति

सन्चार मन्त्रीकाे प्रश्नः लाेकसेवा विज्ञापन राेक्दा सालासाली, भदाभदैं नियुक्ति गरियो भन्लान?

काठमाडाैं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको दाबी गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले बिहीबार संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक सेवा आयोगले सो विज्ञापन खुलाएको बताएका हुन्। मन्त्री बाँस्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठयारो नबुझी सोसम्बन्धमा निर्देशन दिएको पनि दाबी गरे। 'संसदले सरकारको अप्ठयारो के छ भनेर बुझनु पर्ने होइन र?’ उनले भने 'अप्ठयारो पारे पनि सरकारले जनताको सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि।’

मन्त्री बास्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ती गर्न दिएको निर्देशनमाथि पनि प्रश्न उठ्ने स्पष्ट पारे 'पोलिटिकल टाईपबाट सालासाली, भदाभदैं नियुक्ती गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बास्कोटाले स्मरण गराए।

प्रकाशित: ३० जेष्ठ २०७६ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App