आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

बिहिबार, ३० जेठ २०७६, १८ : ०४ ध्रुव दंगाल

सिन्धपाल्चोक- नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

 ‘सहमतिकै आधारहरुमा दुई पार्टी एकीकरण भएको हो। भएका सहमति सबैलाई जगजाहेरै छ,’ केही समयअघि बिवादमा परेको आफ्नो अभिव्यक्ति सच्याउँदै अध्यक्ष दाहालले भने, ‘आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नै होइन्।’ मांखास्थित कुपकन्या माविको नवननिर्मित विद्यालय भवन उद्घाटन गर्न आएका उनले बिहीबार सञ्चारकर्मीसँग आलोपालो प्रधानमन्त्रीको विषयलाई ‘कन्ट्रोभर्सी’ बनाउन खोजिएको दाबी गरे।

 ‘यस विषयलाई कन्ट्रोभर्सी बनाउन हुँदैन,’ पूर्वप्रधानमन्त्री रहेका दाहालले भने, ‘यसमा बदलिँदो परिवर्तमा अर्को सहमति हुन सक्छ।’ अर्को सहमति कस्तो हुने भन्ने चाहिँ उनले खुलाएनन्। केही समयअघि दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीका दुई अध्यक्षबीच आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति भएको भन्दै आफूलाई 'वेइटिङ’ प्रधानमन्त्रीका रुपमा उभ्याएपछि पार्टीभित्र उनको अभिव्यक्ति बिवादमा तानिएको थियो।

सहमतिका साथ नै पार्टी र दुई अध्यक्ष अघि बढ्ने उनले बताए। पार्टीका नेताहरुको कार्यविभाजन केही दिनमै टुंगिने दाबीसमेत उनले गरे। ‘पार्टीभित्र गृहकार्य भइरहेको छ। यो विषय अब केही दिनमै टुंगिन्छ,’ उनले भने। एकीकरण प्रक्रियामा सबैभन्दा जटिल मानिएका जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता ११ महिना लगाएर टुंग्याएको उल्लेख गर्दै उनले कार्यविभाजनमा त्यस्तो कठिनाइ नहुने धारणा राखे।

अध्यक्ष दाहालले विवादित मिडिया काउन्सिल बिधेयक, गुठी बिधेयक, लोक सेवा आयोगको विज्ञापन लगायत विषय राजनीतिक सहमतिमा टुंग्याउने बताए। ‘विधेयक र विज्ञापनको विषयमा संसद र त्यसका समितिमा छलफल भइरहेको छ,’ उनले भने, ‘राम्रोसँग छलफल गरेर टुंगोमा लग्छौँ।’ प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टीबीच छलफल गरेर निचोडमा पुग्ने उनको भनाइ थियो।

यसअघि अध्यक्ष दाहालले भूकम्पपछि पुनर्निर्मित कुपकन्या माविको विद्यालय भवन उद्घाटन गरेका थिए। भारतको टाटा ट्रस्ट र नेपालको सिप्रदीयन सहायता कोषको चार करोड रुपैयाँ लागतमा अत्याधुनिक १५ कोठ भवन निर्माण भएको हो। शौचालय, खानेपानी सुविधा र फर्निचरले सुसज्जित विद्यालय भवन अपांग र बालमैत्री रहेको दाता सिप्रदीयनका बरिष्ठ उपाध्यक्ष शम्भु दाहालले जानकारी दिए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad