भूकम्पमा दलहरुबीच भएको एकताले नै संविधान बन्योः अध्यक्ष दाहाल

बिहिबार, ३० जेठ २०७६, १७ : ५५ नागरिक

सिन्धुपाल्चोक - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरुबीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्षले भने, ‘हाम्रो युद्धले नेपालमा शान्ति जन्मायो। युद्धमा सहभागीलाई थाहा हुन्छ, युद्धको पीडा के हुन्छ र शान्ति महत्व के हुन्छ भन्ने। भूकम्पले नेताहरुको अहंकार तोड्यो र सबै जनताको सेवामा एकजुट भए। सोही एकताका कारण संविधान निर्माण सम्पन्न भयो।’

उनले आफू प्रतिपक्षमा रहेपनि विकासकारी भूकम्पमा सबै दलहरुलाई राहात र उद्दारमा सहभागी हुन आव्हान गरेको स्मरण गरे।

नकारात्मक कुरालाई सकारात्मक कुरामा रुपान्तरण गर्न सकिने यो एक उदाहरण भएको उनको भनाई थियो। अध्यक्षले भने, ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युग तिर लैजानुपर्ने आवश्यकता छ। त्यो कामको सुरुवात भई नै सकेको छ।’

उनले भूकम्पको समयमा आउँदा गाउँमा पीडा देखेको स्मरण गर्दै अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग आफूले पाएको पनि बताए। अध्यक्ष दाहालले सिन्धुपाल्चोकवासीको विकास र समृद्धिमा सधैं आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे।

 







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...