coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

काठमाडौं-  सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई सहज र सरल बनाउने विषयमा छलफल गरेको हो।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका यहि जेठ १५ गतेदेखि सञ्चालनमा आएको छ। नाका सञ्चालनमा आएपछि सो नाकाबाट सामान ओसारपसार गर्ने कन्टेनर व्यवसायीसँग ढुवानी सेवाले पहिलाको भन्दा फरक तरिकाले भाडादर हुने भन्दै छलफल गरेको हो। छलफलमा व्यवसायीहरुको समस्याबारे पनि छलफल भएको थियो। कतिपय व्यवसायीहरुले उक्त कम्पनीमा आवद्ध भएर दुइ नम्बरी काम गरे त्यसको जिम्मेवारी कसले लिने भन्दै जिज्ञासा राखेका थिए। 

कार्यक्रममा सो नाकाका कन्टेनर व्यवसायी सागर शेर्पाले विगतमा जस्तो सिन्डिकेट लादेर साना व्यापारीहरुलाई लखेट्ने प्रवृति हट्नुपर्ने बताएका छन्। ‘पहिला पनि ठूला व्यापारीहरुले साना व्यापारीलाई पेल्नका लागि ढुवानी भाडा बढाएर तीन/चार लाख पुर्‍याएका थिए’ शेर्पाले भने ‘यसमा कन्टेनर व्यवसायीलाई दोष लगाउने ठाउँ छैन्।’ उक्त संस्थाले ठूला र साना व्यापारीलाई भेदभाव गर्न नहुने सुझाव दिएका छन्। उनका अनुसार ठूला व्यापारीलाई भने आठ/दश वटा कन्टेनर दिने तर साना व्यापारीलार्ई थोरै संख्यामा कन्टेनर दिने काम अन्त्य हुनुपर्ने बताए।

अर्का व्यवसायी राजकुमार श्रेष्ठले पछि ढुवानी सेवामा कन्टेनर थपिन पाउने कि नपाउने भन्दै प्रश्न गरेका थिए। उनका अहिले कतिपय कन्टेनर रसुवामा सञ्चालन भइरहेका छन्। ति कन्टेनर पछि तातोपानी नाका सञ्चालन गर्न पाउने कि नपाउने भन्दै जिज्ञासा राखेका थिए। उनले थपे ‘यदि पहिला तातोपानी नाकामा चलेका कन्टेनर मात्रै अहिले कम्पनीले समेट्ने हो भने भोलिका दिनहरुमा रसुवामा पनि यताका कन्टेनर चल्न नदिनसक्ने भन्दै कम्पनीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा सहभागी व्यवसायीहरुको जिज्ञासा मेट्दै नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले विगतमा एउटा कन्टेनरको भाडा तीन/चार लाख लिने गरेकोमा अहिले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले व्यवसायीहरुलाई रसिदमा उल्लेख गरेको मात्रै भाडा तिर्न अनुरोध गरेका छन्। त्यो भन्दा बढी कसैले भाडा मागेमा कम्पनीमा जानकारी दिन बताएका छन्। उनका अनुसार पहिले संस्थामा करिब एक हजार कन्टेनर आवद्ध थिए। तर भूकम्पपछि कतिपय बिग्रिएका छन्। ‘अहिले संस्थामा करिब साढे पाँच सय कन्टेनर आवद्ध भइसकेका छन्’ सापकोटाले भने ‘विस्तारैविस्तारै बढ्नेक्रम जारी छ।’ उनका अनुसार सम्पर्कका लागि भोटेकोशी गाउँपालिकाको खुकुन्डोलमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवाको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ।

त्यस्तै ढुवानी सेवाका सञ्चालक शम्भु तिमिल्सिनाका अनुसार कम्पनीमा आवद्ध भएका सदस्यहरु सेयर दिइएको बताए। उनका अनुसार एक सदस्यलाई दश हजार रुपैयाँ बराबरको सेयर दिइएको छ। त्यस्तै दुर्घटना विमा वापत कम्पनीले मासिक चार हजार रुपैयाँ शुल्क लिने उनले बताए।

तातोपानी नाका सञ्चालनमा आएको दुई साता वितिसक्दा पनि अहिलेसम्म चार वटा कन्टेनर मात्रै नेपाल भित्रिएका छन्। सञ्चालनमा आएको दिन ऊन लिएर भित्रिएको चार वटा कन्टेनरबाहेक त्यसपछि नाकाबाट अन्य कन्टेनर सञ्चालन भएका छन्। सो भेगका व्यापारीसमेत रहेका सापकोटाका अनुसार जेठ ३२ गते २० वटा कन्टेनर सामान लिन खासा जाने तयारी भएपनि अहिले अन्तिममा आएर केहि रोकिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App