coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक्साभेटर पुरिँदा दुई जनाको मृत्यु भएको आशंका

मकवानपुर– पश्चिम मकवानपुरको दुर्गम क्षेत्रमा सडकको ट्रयाक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर पुरिएर दुई जना हेल्परको मृत्यु भएको आशंका गरिएको छ। राक्सिराङ गाउँपालिका ८ टोड्केमा बाटो खन्ने क्रममा बिहीबार विहान करिब पौने १२ बजे एक्साभेटरसँगै चितवनका २३ वर्षिय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षिय रोशन बुढाथोकी पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

घटनास्थलमा सुख्खा पहिरोसँगै ढुङ्गा खस्ने क्रम जारी रहेकाले उद्धार गर्न कठिनाई भएको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी कान्द्राङबाट टोली पुगिसकेको र ईलाका प्रहरी कार्यालय मनहरीबाट थप प्रहरी जाँदै गरेको उनले बताए। दुर्घटनास्थल पुर्व–पश्चिम राजमार्गको मनहरीबजारबाट पैदल करिब पाँच घण्टा टाढा रहेको विकट क्षेत्रमा पर्दछ।

त्यस्तै, त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १, सामरी पुल नजिकै भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएको छ। बुधबार राती नेपाली सेनाको मध्यपृतना हेडक्वाटर छेउ भएको दुर्घटनामा मोटरसाइकलमा सवार नेपाली सेनाका लेस नायक विवेश तामाङ गम्भीर घाइते भएका थिए।

सेनाको हेलिकप्टरबाट काठमाडौं लगिए पनि छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा हेटौंडा उपमहानगरपालिका १ का ३० वर्षिय तामाङको मृत्यु भएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा ७ च ३८४८ नम्बरको कारले हेटौंडाबाट भैसैतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कार र कार चालक भक्तपुरको सूर्य विनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App