नेप्से परिसूचक निरन्तर ओरालो

बिहिबार, ३० जेठ २०७६, १६ : ५६ नागरिक

काठमाडाैं– निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ। परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ। स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर ४५ करोड ६५ लाख छ हजार ९४५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ। घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर तीन करोड आठ हजार ५९२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो। यस्तै शिवम् सिमेन्ट दुई करोड ४६ लाख ४२ हजार ५६० रुपैयाँ, प्रभु बैंक दुई करोड ३३ लाख छ हजार ६१४ रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर एक करोड ७४ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेड एक करोड ५९ लाख ६३ हजार ५४७ रुपैयाँ, एनआइसी एसिया बैंक एक करोड ४३ लाख ६६ हजार ५११ रुपैयाँ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी एक करोड ३१ लाख चार हजार ४०५ रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए। प्रुडेन्सिलय इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.६८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी ३.५० र मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ३.५ प्रतिशतले गुमाए।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ। सो कम्पनीले शेयरधनीलाई १५.४८ प्रतिशत शेयर लाभांश दिएलगत्तै प्रतिकित्ता ४७१ रुपैयाँमा मूल्य समयोजन गरिएको हो। सो कम्पनीको औसत आधार मूल्य ७४७ रुपैयाँ रहेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad