धादिङमा बिजुलीबत्तीको लुकामारीः छिनमा आउँछ, छिनमा जान्छ

बिहिबार, ३० जेठ २०७६, १५ : ४७ सरिता श्रेष्ठ

धादिङ– छिन–छिनमा बिजुली काटिने समस्याबाट धादिङका उपभोक्ता मारमा परेका छन्। ‘छिनमा आउँछ, छिनमै जान्छ, बिजुलीबत्तीको लुकामारीले पीडित छौँ', धादिङबेसीकी राममाया श्रेष्ठले गुनासो गर्दै भनिन्, ‘दिनमा सयौँ पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरु मारमा परेका छन्।’ यस्ता समस्याबाट उद्योगी र व्यवसायीहरु बढी मर्कामा परेका छन्।

धादिङमा यो समस्या तत्काल मात्र देखिएको होइन। यस्तो समस्याले उपभोक्ताहरु करिव १ वर्षयता हैरानी व्यहार्दै आएका छन्। अझ विगत एक महिनादिनदेखि जिल्लाको विद्युत सेवा अवरुद्ध हुने बित्तिकै जिल्ला सदरमुकाम आसपासमा नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरेपछि स्थानीयबासीहरुमा झनै समस्या थपिएको छ।

प्रत्येक मिनेट बिजुलीबत्तीमा काम गर्नुपर्ने भएपनि झ्याप्प झ्याप्प बत्ती जादाँ दैनिक काम गर्न असहज हुने गरेको धादिङबेसीमा मोबाइल पसल व्यवसाय गर्दै आएका सन्तोष अधिकारीले बताए। ‘आफ्नो व्यवसाय नै विद्युत संग जोडिएको छ, मोवाइल मर्मत गर्न विद्युत नै चाहिन्छ तर दिनहुँ विद्युत सेवा पटक पटक अवरुद्ध हुने गरेको छ’ उनले भने, ‘हावाहुरी र पानी परेपछि बिजुली जान्छ, त्यो सुरक्षाका लागि पनि होला तर अरुबेला पनि समस्या उस्तै छ।’

एक दिनमै दर्जनौ पटक विद्युत आउने जाने गरेका कारण दत्तचित्त भएर केही पनि काम गर्न नपाइएको धादिङबासीको गुनासो छ। वर्षातको समय सुरु हुन लागेको भएर हावाहुरीका कारण विद्युत सेवामा अवरोध आएपनि विद्युत बन्द हुने वित्तिकै नेपाल टेलिकमको सेवामा पनि समस्या आउने गरेको छ। टेलिकमसँग ब्याकअप सिष्टम हुनुपर्ने उपभोक्ताहरु बताउँछन्। विद्युत सेवामा अवरोध आउँदा फर्निचर, ग्रील लगायतका विद्युतबाटै चलाउने उद्योगीहरु अर्डर लिएको सामान समेत समयमा बुझाउन नपाइने गुनासो गर्छन्।

 हावाहुरी चल्ने मौसम भएकाले लगातार विद्युत अवरुद्ध भइरहेको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण शाखाका प्रमुख ध्रुव कार्कीले बताए। ‘देवीघाटबाट धादिङवेशी ल्याएको प्रशारण लाइन नै लामो छ, सामान्य समस्या आइरहेको हुन्छ’, उनले भने, ‘हावाहुरीको मौसम पनि छ, हावाहुरीले क्षति पुग्ने भएपछि विद्युत अवरुद्ध भएको हो।’ मर्मतको समयमा सुचना दिएरै विद्युत सेवा बन्द गरेको भएपनि पटक पटक अवरुद्ध हुने समस्या भने प्रशारण लाइनमै समस्या आउने गरेकोले उत्पन्न भएकोे कार्कीले बताए।

विद्युत सेवा अवरुद्ध हुने वित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गर्छ। जसबाट स्थानीयहरु झनै पीडित हुने गरेका छन्। विद्युत जाने वित्तिकै गाउँ गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए। ‘गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने हुन्छ’ उनले भने, ‘विद्युत बन्द हुने वित्तिकै नेटवर्क बन्द नै भएको छैन, ब्याकअप सिष्टमले काम गर्छ तर सदरमुकाम भन्दा बाहिरको टावर बन्द भएको अवस्थामा सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले केही समस्या देखिएको हुन सक्छ।’

कटुवालले नेटवर्कमा कुनै समस्या नभएको बताएपनि विद्युत अवरुद्ध भएको केही समयमा सदरमुकाम आसपासमा भने नेपाल टेलिकमको नेटवर्क बन्द भइहाल्छ। विद्युत प्राधिकरणले समय समयमा मर्मतका लागि भनेर सूचना दिने गरेका छन्। तर त्यस बाहेकका अन्य दिनहरुमा भने झ्याप्प झ्याप्प बत्ती गइदिदाँ लाखौँ पर्ने सामान समेत बिग्रने जोखिम उत्तिकै हुने गरेको उपभोक्ताहरु बताउँछन्। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...