७ वैशाख २०८१ शुक्रबार
समाज

बालविबाह विरोधी अभियानमा गाउँपालिका उपाध्यक्ष

जाजरकोट- यहाँको एक गाउँपालिकाकी उपाध्यक्ष स्कुले वालवालिकालाई वालविवाह नगर्न सुझाउदै गाउँ अभियानमा लागेकी छिन्।  जिल्लामा सवै भन्दा वढी बालविवाह हुने गरेको कुसे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाही  बालविवाह विरुद्धको विशेष कार्यक्रम लिएर गाउँपालिकाका सवै माध्यमिक तथा आधारभुत तहका स्कुले बालवालिकाहरुका माझ  चेतनामुलक अभियानमा सक्रिय भएकी हुन्। 

आधारभुत तहको कक्षा  ६ देखि माध्यमिक तहको कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि उपाध्यक्ष शाहीको नेतृत्वमा संचालन भएको  बालविवाहा रोक्न जनचेतनामुलक  कार्यक्रममा  कुसे गाउँपालिकाका  सवै ११ वटा माध्यमिक तहका  एक हजार वढी स्कुले विद्यार्थीहरु सहभागि भएका छन्। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा  संचालित उक्त बालविवाह न्युनीकरण अभिमुखीकरण नाम दिइएको अभियानमा  स्थानीय अभिभावकहरु, शिक्षकहरु र अन्य सरोकारवालाहरुको  समेत सहभागिता रहेको छ।

कुसे गाउँपालिकाका टालेगाउँ, पैंक ढिमे, समकोट लगाएतका विभिन्न ५ वटा स्थानहरुमा  सन्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा  स्कुले बालवालिकाहरु, अभिभावकहरु र शिक्षकहरुले व्यापक छलफल र अन्तरक्रिया गरेका छन्।   प्रविधिको गलत प्रयोग, परम्परा, गरिवी र अज्ञानताका कारण सानै उमेरमा विवाह गर्नेहरुको संख्या धेरै भएपछि यसलाई रोक्न गाउँपालिकाको तर्फबाट आफ्नो नेतृत्वमा  वालविवाह विरोधी अभियान चलाएको  उपाध्यक्ष शाहीले बताइन्।

प्रकाशित: ३० जेष्ठ २०७६ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App