८ वैशाख २०८१ शनिबार
कला

एक दशकमा सलमानका १४ हिट फिल्म: जसले कमाए २७ सय २७ करोड

काठमाडौं - सलमान खान बलिउडका एक सफल नायक मानिन्छन्। पछिल्लो १० वर्षमा सलमानका विभिन्न फिल्मले राम्रो कमाइ गरेका छन्। रहेक वर्ष सलमानका कुनै न कुनै फिल्म हिट भएकै हुन्छन्। पछिल्लो एक दशकमा सलमानका फिल्मले २७२७ करोड भारतीय रुपैयाँ कमाएका छन्।

दबंग
सन २०१० मा सलमानको 'दबंग' रिलिज भयो। जसमा उनी चुलबुल पाण्डे बनेका थिए। फिल्म यती चल्यो कि त्यसैको भाग तीनसम्म आउने तयारी छ। पहिलो भागले करिब १३८.८८ करोड कमायो। यसै फिलबाट सलमा सय करोड फिल्ममा प्रवेश गरेका थिए।

रेडी बडीगाड
सन २०११ मा सलमानको कमेडी फिल्म 'रेडी' रिलिज भयो। यो पनि सय करोड क्बलवमा प्रवेश गर्यो। यसको कुल कमाई १ सय २० करोड थियो। यसै वर्ष उनको अर्को फिल्म पनि रिलिज भयो बडीगार्ड। जसले पनि १ सय ४२ करोडभन्दा बढी कमायो।

एक था टाइगर
सन २०१२ मा रिलिज 'एक था टाइगर'ले पनि १ सय ९८ बढी करोड कमायो। त्यही वर्ष दबंगको सिक्वेल पनि आयो। जसले पनि राम्रै कमाइ गर्यो।  २०१२ मा उनका फिल्मले ३ सय ५६ करोड कमाए।

किक
सन २०१४ को अन्तिममा रिलिज गरिएको 'जय हो' ले पनि सय करोड त कटाएकै हो। त्यसबाट केही निरास बनका सलमानलाई सोही वर्ष रिलिज भएको किकले खुसी पार्यो। किकले सो वर्ष रिलिज फिल्ममा सबैभन्दा बढी कमायो। किकले २ सय करोड क्लबमा पनि स्थान पायो। २०१४ मा सलमानका फिल्मले ३ सय ४४ करोड कमाए।

बजरंगी भाइजान
२०१५ उनका लागि धेरे राम्रो रह्यो। 'बजरंगी भाइजान'ले ३२०.३४ करोड कमायो। ३ सय करोड क्लबमा प्रवेश गरेको यो पहिलो फिल्म थियो। सोही वर्ष रिलिज प्रेम रतन धन पायोले पनि राम्रै कमाइ गर्यो। यसले पनि दुई सय करोड पार गर्यो। यो वर्षको उनको कमाई ५२७.७४ करोड रह्यो।

सुल्तान
सन २०१६ मा उनको 'सुल्तान' फिल्म आयो। अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो।

'ट्यूबलाई/टाइगर जिन्दा हैं'
सन २०१७ भने उनका लागि त्यती राम्रो भएन। यो वर्ष रिलिज भएको फिल्म 'ट्यूबलाइट' फ्लप भयो। तर पनि उक्त फिल्मले १२१.२५ करोड कमाएको थियो। यसपछि आएको 'टाइगर जिन्दा हैं 'ले उनलाई सहयोग गर्यो। टाइगर जिन्दा है ले ३३९.१६ कमाएको थियो। २०१७ मा उनका फिल्मको कमाइ ४६०.४१ रह्यो। 

रेस-३
सन २०१८ मा रिलिज भएको 'रेस ३' ले भने खासै राम्रो कमाइ गर्न सकेन। तर पनि उक्त फिल्मले १ सय ६९ करोड कमाएको थियो। त्यसपछि उनको कुनै फिल्म रिलिज भएन।

भारत
२०१९ मा उनको भरखरै रिलिज फिल्म 'भारत'ले राम्रो कमाइ गरिरहेको छ। रिलिजको सातौं दिनमा आइपुग्दा १६७.६० करोड कमाइ सकेको छ। यो फिल्म पनि छिट्टै २ सय करोड क्लबमा प्रवेश गर्ने विश्वास गरिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App