coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्याटिङमा विलियम्सनको लय

इङ्ल्यान्ड–  इङ्ल्यान्डमा जारी विश्वकपमा न्युजिल्यान्डको अपराजित यात्राको मुख्य आधार स्तम्भ बलिङसँगै ब्याटिङमा कप्तान केन विलियम्सनको लय पनि एक हो।

न्युजिल्यान्डले तीनै खेलमा जित निकाल्दा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेको छ। दुई खेलमध्ये अफगानिस्तान र बंगलादेशविरुद्ध जित निकाल्दा विलियम्सनले आशालाग्दो ब्याटिङ गरेका थिए। अफगानिस्तानविरुद्धको खेलमा ७९ रन बनाएका विलियम्सनले बंगलादेशविरुद्ध भने ४० रन जोडेका थिए। 

विश्वकपअघिको भारतविरुद्धको वार्म अफ खेलमा पनि विलियम्सनले ६७ रनको योगदान दिएका थिए। इन्डियन प्रिमियर लिग (आइपिएल) मा पनि खेलेका विलियम्सन भारतीय बलरका बारे राम्रोसँग जानकार छन्। भारतविरुद्ध अन्य ब्याट्सम्यानका तुलनामा विलियम्सन केही सफल पनि मानिन्छन्।  साथै पछिल्ला समय उनी लयमा पनि छन्। 

वेस्ट इन्डिजविरुद्धको वार्म अफ खेलमा पनि राम्रो ब्याटिङ गरेका विलियम्सन रन आउटको सिकार भएका थिए। उनले उक्त खेलमा ८२ रनको योगदान दिएका थिए। २० वर्षको उमेरमा टेस्ट क्रिकेटमा डेब्यु गर्न पाएका विलियम्सनले छिट्टै ३ हजार रन पूरा गरेका थिए। उनी सबै फरम्याटका क्रिकेटमा अब्बल रूपमा ब्याटिङ गर्न सक्छन्। 

एक सय ४२ एकदिवसीय खेल खेलेका विलियम्सनले ४६.५० औसतमा ब्याटिङ गर्दै ६ हजार ८ सय ९४ रन बनाएका छन्। यस क्रममा ११ शतक प्रहार गर्दा ३८ अर्धशतक पनि जोडेका छन्। उनले करियरको सर्वाधिक योगदान दिँदा दक्षिण अफ्रिकाविरुद्ध सन् २०१३ मा नटआउट १ सय ४६ रन बनाएका थिए। 

उनले इङ्ल्यान्डमा मात्र दुई शतक बनाएका छन्। त्यसैले विलियम्सन भारतीय बलरका लागि निकै चुनौतीपूर्ण ब्याट्सम्यान साबित हुन सक्छन्। भारतीय बलरले पनि उनलाई छिट्टै आउट गर्दै खेल आफ्नो पकडमा पार्ने योजनामा हुनेछन्। 

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App