८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तालिम दिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नोतर्फबाट विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि तालिम दिने भएको छ। राष्ट्रिय जागरण अभियानको दोस्रो कार्यक्रम सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले  'सेवा, संगठन र समृद्धि' केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिने बताए।

यस्तै सवै प्रदेशमा पार्टीले कार्यकर्ता प्रशिक्षण चलाउने भएको छ। सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा पार्टीको प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने समेत उनले बताए।
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App