विदेशः बाध्यता कि ‘फेसन’ ?

बिहिबार, ३० जेठ २०७६, १० : ४९ नागरिक

बिन्दु अधिकारी ढकाल

केही वर्षयता नेपाली विदेश जाने क्रम बढिरहेको छ। कोही रोजगारी गर्न भनेर त कोही अध्ययन गर्न भनेर विदेश गइरहेका छन् भने कोहीचाहि“ विभिन्न पेसा/व्यवसाय सम्हाल्न भनेर पनि त्यतातिर लाग्छन्। विश्वमै कम विकसित र गरिबीको चपेटामा रहेको हाम्रो देशका युवा अहिलेमात्र विदेश गएका भने होइनन्। ऊबेला भारतमा ‘मुगल‘को शासन हु“दा पनि धेरै नेपाली मुग्लान गएकै हुन्। भारतकै कोइलाखात हु“दै आसाम लगायतका ठाउ“हरूमा पनि पुगेकै थिए। अझ बेलायती सेनामा भर्ती जान थालेदेखिको इतिहास सबैलाई थाहै छ। पछिल्ला वर्षहरूमा नेपाली युवा खाडी राष्ट्रदेखि युरोप, अमेरिका, अस्टे«लिया हु“दै कहा“–कहा“सम्म धाइरहेका छैनन् !  

श्रमकै खातिर हिजोआज खाडी मुलुक जानेको संख्या अधिक मात्रामा बढ्दो छ। उसो त अध्ययन भिसामा क्यानडा, अमेरिका, अस्टे«लिया, जापान, स्विडेनलगायत अन्य मुलुक धाउनेको संख्या पनि ‘दिन दुगुना रात चौगुना’ का हिसाबले बढ्दै गएको छ। देशको ‘मुटु’ (राजधानी) काठमाडौँका मुख्य–मुख्य ठाउ“मा बढ्दो आकर्षक शैलीमा देख्छौँ हामी– मेनपावर कम्पनी र एजुकेसन कन्सल्टेन्सीका बोर्डहरू । काठमाडौँ उपत्यकाबाहिरका सहर पनि नियाल्दा पनि यस्ता बोर्ड कम देखिँदैनन् ! विमानस्थलमा विदेशिनेहरूको भीड देख्दा मन आहत हुन्छ। 

अब कसले धान्ला यो मुलुक ? हिजोका ‘बाल’ आज देशका ‘खम्बा’ जो उडिरहेछन्, दैनिक विदेश। फर्केर कोही पनि आउनेवाला छैनन् यता। लेखकको आशय के होइन भने देश छाडेर विदेश ताक्नु सोह्रैआना गलत हो। र, भन्न खोजिएको के होइन भने विदेश जानै हु“दैन। विश्वव्यापीकरण भइरहेको यो युगमा मानिस एक देशबाट अर्को देश जानेआउने गर्नु स्वाभाविक हो। आफ्नो वृत्ति विकास एवं रोजगारीका लागि विदेश धाउने काम कति ठीक, कति बठीक ? अथवा, अधिकतर नेपाली युवक÷युवती दिनहुँ विदेश हेलिँदा उनीहरूलाई पठाउनेहरूले विधि÷विधानअनुसार पठाइरहेका छन् कि छैनन ?

जुन उद्देश्य प्राप्तिका लागि विदेश गइरहेका छन्, त्यसअनुसार काम मिल्छ कि मिल्दैन ? सोचेअनुसार पढ्न पाउँछन् कि पाउँदैनन् ? विदेशिने क्रममा कतै शोषण पो भइरहेको छ कि ? अथवा, दलालको फन्दामा परेर ‘घर न घाट’ पो भइरहेका छन् कि ? कुलतमा फसेर व्यर्थमा जीवन नष्ट गरिहेका पो छन् कि ? अध्ययन भिसामा गएका ११–१२ पढ्ने विद्यार्थी सबैले कलेज नियमित पढिरहेका छन् त ? कि मजदुरी गर्न बाध्य भइरहेका छन् ? अथवा, दोस्रो दर्जाको नागरिक भएर अपमान पो खेपिरेहका छन् कि ? यी यस्ता गम्भीर प्रश्न हुन्, जसबारे नेपाल सरकार, विदेशिनेका अभिभावक, आफन्तलगायत सम्बन्धित सबैले एकपटक जिम्मेवार भएर सोच्ने बेला आएको छ।
आज हाम्रो नेपाली समाजमा जतिसुकै घरानियाँ, उच्च पद अथवा सम्पन्न व्यक्ति किन नहुन्, सबै आफ्ना नानीबाबु अमेरिका, अस्टे«लिया, बेलायत पुग्यो÷गयो भन्दै शान र फूर्ति देखाउने गर्छन्।

विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र इज्जतपूर्वक बा“च्ने आधार हाम्रै देशमा छन्। तर हामी कहिल्यै सकारात्मक हुन सकेनौँ। आफ्नै देशभित्र अलिकति पनि दुःख गर्न, धैर्य गर्न र लगनशील हुन कहिल्यै जानेनौँ।

छोराछोरी एयरपोर्टबाट उड्ने दिन खादामालासहितको फोटो तत्काल सामाजिक सञ्जालमा सार्वजनिक गर्छन्। प्रश्न उठ्छ– दैनिक सयौँको संख्यामा विदेश गएकाहरू सबैले पढाइलाई निरन्तरता दिन सकेका छन् ? जानेबुझे र थाहा पाएअनुसार थोरैभन्दा थोरै जनाले मात्र अध्ययन गरिरहेका छन्। अधिकतर नेपाली न्यूनभन्दा न्यून ज्यालामा निम्नस्तरका काम गर्ने मजदुर हुन बाध्य छन् भन्दा अतियुक्त नहोला। विकसित देश अमेरिका, अस्टे«लिया, बेलायतहरूले हाम्रो देशका होनहार र कर्मठहरूलाई अध्ययन गराउने नाममा आफ्नो श्रम बजारको आवश्यकता पूरा गरिरहेको भान पनि हुन्छ। एकातर्फ कुरा यो हो भने अर्कातर्फ पढ्न विदेश पठाउने नाममा प्लस टु पढिरहेका विद्यार्थीका कलेज–कलेजको ढोकामै गएर  यो देशको यो कलेज राम्रो, ऊ देशको ऊ कलेज राम्रो भनी विज्ञापन गर्छन् र आफ्नो कन्सल्ट्यान्सीमार्फत तथाकथित कलेजमा पठाएर मनलागी रकम असुल्ने गरेको पाइन्छ। अनि विद्यार्थी विदेश पुगेपछि हप्तामा एक÷दुई दिनबाहेक कलेज नगई ‘कमाउ’ धन्दामा जोतिनुपर्ने तीतो यथार्थ सुनिरहेका छौँ।

विदेशमा गएर भोग्नुपरेको अपमान, शोषण र पीडाका कारण पुनः स्वदेशमै फर्किने मन भए पनि आफन्त, साथीभाइ, नातेदारअगाडि लाज हुने डरले जसोतसो उतै जीवन धान्न विवश भएको स्थिति पनि छ। विदेशमा जति दुःख, पीडा र अपहेलना भोगिन्छ त्यो हेर्दा त बरु सम्मानका साथ शिर ठाडो पारेर स्वदेशमै जिउनु ठीक, पढ्नु राम्रो।  नेपालमै पनि विभिन्न विषयमा पढाउने कलेज र विश्वविद्यालय छन्। दक्ष शिक्षक÷प्राध्यापक छन्। यहीँ जीविका गर्न सकिने  विभिन्न आधार छन्। रोजगारीका लागि कृषि, पशुपालन, व्यापार, उद्योग, सरकारी सेवा आदिमा धैर्य र लगनशील भएर लाग्ने हो भने आफ्नो परिवार सजिलै धान्न सकिन्छ। त्यो भन्दा अझ राम्रो पक्ष आफन्तहरूका बीच मानमर्यादा र इज्जत कमाउन सकिन्छ। आफ्नो क्षेत्रमा राम्रो गरे सबैबाट हाइहाइ भइन्छ। ऊर्जा र प्रेरणा पनि मिलिरहन्छ।

सायद यही लागेर होला– भोजपुरमा रहेका एकजना मेरा आफन्त ७ वर्षसम्म खाडी मुलुकमा मासिक ३० हजारको मजदुरी गर्दागर्दा दिक्क भएपछि अहिले आफ्नै गाउ“ आएर अलैँची खेती गरी महिनाको १ लाख आम्दानी गरिरहेको हिसाब सुनाउन थालेका छन्। विदेश जाने ‘फेसन’मा परी ५ वर्षअघि अस्टे«लिया पुगेकी एकजना बहिनी रेस्टुरेन्टको सिसा पुछेर हैरान भएपछि नेपालमै फर्केर ‘हाडी बिरयानी रेस्टुरेन्ट‘ खोली ३०÷४० जनालाई रोजगारी दिइरहेकी छन्। विदेश पढ्न जानेहरूको तीतो अनुभव सुनेपछि मेरी भान्जी केही महिना लगनशिलताका साथ पढेर परराष्ट्र अधिकृतमा पास भई साउदीको राजदूतावासमा खटिएर हजारौँ पीडित मजदुरलाई सेवा दिइरहेकी छन्।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। वर्तमान लोकतान्त्रिक परिवेशमा विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र इज्जतपूर्वक बा“च्ने आधार हाम्रै देशमा छन्। तर हामी कहिल्यै सकारात्मक हुन सकेनौँ। आफ्नै देशभित्र अलिकति पनि दुःख गर्न, धैर्य गर्न र लगनशील हुन कहिल्यै जानेनौँ। हरेक कुरामा विरोधमात्रै गर्ने, स्वदेशलाई गाली गर्ने, अपमान गर्ने, श्रम गर्न हिच्किचाउने हाम्रो बानी छ। विदेशै जानुपर्ने उहिल्यैदेखिको लाहुरे प्रवृत्तिले हामीलाई कहिल्यै छाडेन। छोराछोरीलाई खादा र माला लाएर विदेश पठाउँदाका फोटो फेसबुकमा टा“स्ने फेसन कहिले रोकिएला ? हाम्रो इज्जत, स्वाभिमान र मर्यादा आफैँले जोगाउने मनोवृत्ति कहिले फर्केला ? लाखौँ युवालाई रोजगारी दिने सरकारी नारा व्यावहारमा कहिले पूरा होला ? यी सबै विषयमा सरकार अनि हामी सबै अभिभावक र आफन्तजन गम्भीर हुन जरुरी छ। आआफ्ना ठाउ“बाट हामी परिमार्जित र परिष्कृत हुन सक्यौंँ भने विदेश पलायनको फेसन र नियति रोकिन्थ्यो कि ?  







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...