‘मीटू’ पछि ‘मेनटू’

बिहिबार, ३० जेठ २०७६, ०९ : ५१ नागरिक

मुम्बई – हलिउडबाट सुरु भएको ‘मीटू अभियान’ गत वर्ष भारत प्रवेश गरेपछि यसले राम्रो चर्चा पायो।यो अभियानमा आरोपी र प्रत्यारोपीको अन्तरद्वन्द्व निकै लामो समयसम्म चल्यो।‘मीटू’ कै कारण कैयौं महिलाले सार्वजनिक रूपमै आफूमाथि भएको यौन शोषणको बारेमा खुलेरै कुरा गरे।यो अभियान सबैभन्दा बढी फिल्म उद्योगमा देखियो।जसले मिडियामा पनि राम्रो स्थान पाएको थियो ।

पश्चिमा देशबाट सुरु भएको ‘मीटू’ अभियानलाई भारतमा अभिनेत्री तनुश्री दत्ताले सुरुवात गरेकी थिइन्।उनले बलिउडका चर्चित अभिनेता नाना पाटेकरले आफूमाथि यौन शोषण र जबरजस्ती गरेको आरोप लगाएकी थिइन्।यसपछि ‘मीटू’ घटनामा साजिद खान, विकास बहल र आलोकनाथजस्ता सेलिब्रेटी पनि जोडिए ।

यो अभियानमा कैयौं महिलाले मतभेदका बीच पुरुषमाथि शोषणको आरोप लगाए।जसले गर्दा कैयौं पुरुषले समाजमा बद्नामी र सामाजिक रूपमा समस्या पनि भोग्नुप¥यो।विशेषत कलाकार र निर्देशकहरू कारवाही त परे नै, आफूले काम गरिरहेको फिल्मबाट पनि हात झिक्नुप¥यो ।
‘मीटू अभियान’ले पुरुषमाथि आरोप लगाइरहँदा अब पुरुषले आफूमाथि लागेको झूठो आरोपको कडा प्रतिवाद गर्दै ‘ह्यासट्याग मेन टू’को अभियान

सुरु गरेका छन्।यो ह्यासट्यागको प्रयोग गर्दै आफ्नो खराब अनुभव साझा गरिरहेका छन्।उनीहरूले महिलाहरूले कसरी आपसी सहमतिमा कायम गरिएको सम्बन्धलाई जबरजस्ती करणीको आरोप लगाउँदै ‘मीटू’ भनेर आफूहरूको बद्नाम गरिरहेका छन् भन्ने खुलाएका छन्।उनीहरूले ‘मीटू’को आरोप लागेपछि आफूहरूलाई समाजले कसरी घृणाको नजरले हेरिरहेका छन् भन्ने उल्लेख गरेका छन्।उनीहरूले कानूनी लडाईं लड्दा पनि अदालतबाट सहयोग नपाएको गुनासो गरेका छन्।उनीहरूले आफूलाई लागेको आरोपका कारण परिवारले पनि समस्या व्यहोर्नुपरेको जनाएका छन् ।

हालका दिनमा ‘मेनटू’ लाई लिएर अभिनेता करण ओबराय चर्चामा छन्।उनी निर्दोष रहेको भन्दै कैयौं सेलिब्रेटीले उनको समर्थन गरेका छन्।उनीमाथिको मुद्धा हाल अदालतमा छ र उनलाई एक महिना हिरासतमा राखेर जमानतमा रिहा गरिएको छ।उनीमाथि आरोप लगाउने महिलाले करणले आफूमाथि हमला गर्न खोजेको झूठो आरोप पनि लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेत्री पूजा बेदीले यो मामलालाई लिएर ट्वीटरमा ‘एउटा पुरुषले कस्तो किसिमको झूठो आरोपबाट समस्या व्यहोरिरहनुपरेको छ भन्ने कुराको पुलिसबाट जाँच हुनुपर्छ’ भन्दै ट्वीटेकी छन्।
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...