coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साउनमा ‘साइनो’

काठमाडौं – नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को प्रदर्शन मितिमा हेरफेर भएको छ।आगामी जेठ १० गतेलाई रिलिज मिति तोकिएको फिल्मले प्राविधिक कारण देखाउँदै साउन २४ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

फिल्मका निर्देशक रमेश थापाले डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले फिल्मको प्रदर्शन मिति सारिएको बताए।चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ,

राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारहरूको अभिनय छ।
शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App