७ वैशाख २०८१ शुक्रबार
कला

प्रनेश रिहाईको माग गर्दै प्रदर्शन

काठमाडौं – फिल्म समीक्षाकै कारण मिम नेपालका युट्युबर प्रनेश गौतम पक्राउ परेको विरोधमा युवाहरूले राजधानीको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका छन्।‘फ्री प्रनेश’, ‘नेपाली फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘नराम्रोलाई नराम्रो भन्न नि नपाउने ?’ जस्ता व्यानर र पम्प्लेट बोकेका युवाहरूले मुखमा टेप टाँस्दै गौतम पक्राउको विरोध गर्दै रिहाईको माग गरेका छन् ।

हामीले फिल्म उद्योगलाई र पुलिस प्रशासनलाई झकझक्याउन शान्तिपूर्ण ¥याली गरेका हौं।हामीलाई बोल्न दिइरहेको छैन।त्यसकारण मुख छोपेका हौं ।

प्रदर्शनमा सहभागी एक युवाले प्रनिशलाई एउटा फिल्मको समीक्षा गरेकै आधारमा ‘दादागिरी गरेर’पक्राउ गरिएको विरोधमा प्रदर्शन गरेको बताए।‘उनीमाथि पैसा मागेको आरोप लागेको छ।त्यो आधारहिन छ।गाली बेइज्जती ग¥यो भनिएको छ।गाली बेइज्जतीको मुद्धा पनि हालिएको छैन।यो अनलाइन समुदायलाई हामी शक्तिशाली छौं भनेर तर्साउन खोजिएको छ’, उनले भने, ‘त्यसकाविरुद्ध हामी फिल्म उद्योगलाई र पुलिस प्रशासनलाई झकझक्याउन शान्तिपूर्ण ¥याली गरेका हौं।हामीलाई बोल्न दिइरहेको छैन।त्यसकारण मुख छोपेका हौं ।’

उनले प्रनिशले आफ्नो कर्तव्य निभाएको र कुनै पनि उत्पादन आएपछि जनताले कसरी लिनुपर्छ भनेर आफ्नो समीक्षा दिएको दाबी गरे।‘आफ्नो शक्ति प्रयोग गरेर प्रनिशलाई जुन किसिमको यातना दिइएको छ।उनलाई लगातार हिरासतमा राख्न जरुरी पनि छैन’, उनले भने।
प्रदर्शनमा सहभागी एक युवतीले फिल्मको समीक्षामा कुनै पनि पक्ष र विपक्षको कुरा नभएको बताइन्।‘उसको समीक्षा सरल थियो।त्यो अहिले युट्युबमा हेर्दा पनि देखिन्छ।त्यो भिडियो कतिको फन्नी गरेको छ भनेर हेर्दा पनि हुन्छ।उसले आफूलाई लागेको विचार मात्र राखेको हो’, उनले भनिन्।प्रदर्शनमा झन्डै सयको हाराहारीमा युवायुवतीको सहभागिता थियो।

निर्देशक मिलनको स्पष्टीकरण
फिल्म ‘वीरविक्रम २’का निर्माता तथा निर्देशक मिलन चाम्सले फिल्म समीक्षा गरेकै कारण युट्युबर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन।राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेइज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए।‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं’, उनले भने, ‘मेरो उद्देश्य प्रनेशलाई दुःख दिनु होइन्।गौतम भाइलाई पाठ सिकाउनको लागि पनि म प्रहरीकहाँ गएको हुँ।यो मैले उसलाई व्यक्तिगत इगो राखेर थुन्न खोजेको थिइनँ ।’
चाम्सले प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको खुलाए।‘प्रनेशका बुबाआमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो।तर मिम नेपालका साथीहरू आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरूको चित्त दुखाउनुभयो।त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौं ।’ निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको दाबी गरे।प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्नेपनि चाम्सले वचनबद्धता व्यक्त गरे।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरे।नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र र गायक तथा संगितकार कालिप्रसाद बासकोटाले फिल्मको बारेमा समीक्षा गर्न पाइने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने बताए।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App