coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

फाइल तस्बिर/नागरिक

धनुषा - धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बुधबार राति साढे ९ बजेतिर नगरपालिका कार्यालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

राति नै बिस्फोटको आवाज आएको तर खोजतलास गर्दा केही नभेटिएको भएपनि बिहीबार बिहान मात्रै प्रेसर कुकर बम बिस्फोट भएको पुष्टि भएको हो। घटनास्थलमा कुकरको सिठी फेला परेको छ। इलाका प्रहरी कार्यालय धनुषाधामसँगै रहेको नगरपालिका कार्यालयमा भएको बिस्फोटबाट पर्खालमा क्षति हुनुका साथै सभा हलको भित्ता भत्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्। बिस्फोटको हालसम्म कसैले जिम्मला नलिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App