६ वैशाख २०८१ बिहीबार
राजनीति

आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन : गौतम

उर्लाबारी (मोरङ)— नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्।

विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने उल्लेख गरे। 

संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको उनको भनाइ थियो। गौतमले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाइ बहुमत पुर्‍याउने शक्ति कसैमा नभएको बताए।

गौतमले अदुअआ प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक दल र निजामती प्रशासनलाई आङ्तकित तुल्याएर छुट्टै राज्यसत्ता कायम गर्न खोजेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको स्पष्ट पारे। उपाध्यक्ष गौतमले भारत र चीन दुवै देशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक बिदा दिन आवश्यक नभएको पनि बताए। रासस 

प्रकाशित: १२ कार्तिक २०७३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App