७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुई कृषि सहकारी गाभिए

तनहुँ – व्यास नगरपालिका–९ गजौडेस्थित दुई कृषि सहकारी संस्था एकआपसमा गाभिएका छन्।सुनौलो भविष्य कृषि सहकारी संस्था र नयाँ गोरेटो कृषि सहकारी संस्था गाभिएका हुन्।एकीकृत सहकारी संस्थाको साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था गठन गरिएको छ।सोको अध्यक्षमा विष्णु अधिकारी चुनिएका छन्।

समान उद्देश्य र समान भूगोलका सहकारी संस्थाहरू एकीकरण अभियानलाई सघाउन पटक–पटकको छलफल र समझारीपछि एकीकरण प्रक्रिया टुंगिएको अध्यक्ष अधिकारीले बताए।‘एक घर एक सेयर, एक सहकारी एक उत्पादन’मार्फत कृषि र पशुजन्य वस्तुको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने सहकारीको मूल उद्देश्य रहेको बताइएको छ।

२०६८ सालमा स्थापित सुनौलो भविष्य र २०६९ मा स्थापित नयाँ गोरेटोले द्रुतगतिमा काम गर्न नसकेको अवस्थामा आर्थिक रुपमा सबल हुन र सहकारीका कार्यहरू अझ विस्तार गर्न एकीकरणको आवश्यकता महसुस गरी एकीकरण गरिएको सचिव राजु आचार्यले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App