coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अलैंचीबाट पाँच करोड आम्दानी

लमजुङ – जिल्लाका किसानले अलैँची दाना बेचेर पाँच करोडभन्दा बढी आम्दानी गरेका छन्।जिल्लामा उत्पादित सात सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट पाँच करोड २५ लाख आम्दानी गरेका हुन्। पोहोर ६ सय क्विन्टलबाट चार करोड ४८ लाख आम्दानी भएको थियो।गत वर्ष प्रतिकिलो ६ सयदेखि ८०० सम्ममा बिक्री भएको थियो।यस वर्ष प्रतिकिलो ६०० देखि ७५० सम्ममा अलैंची दाना बिक्री गरेको नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले जनाएको छ।जिल्लाका किसानले कुनै बेला प्रतिकिलो २२ सय रुपैयाँसम्ममा अलैंची दाना बेचेका थिए।अहिले उक्त रकमको आधा मूल्यसमेत पाएनन्।

यस वर्ष २० लाख अलैंची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो।१२ लाख ९९ हजार पाँच सय बिरुवा बिक्री भएको थियो। उक्त बिरुवाबाट जिल्लाका कृषकलाई ६४ लाख ९७ हजार आम्दानी भएको महासंघका अध्यक्ष अजय तामाङले जानकारी दिए।उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका किसान छन्।

जिल्लामा ७०० मिटर देखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलसाई र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भन्नुभयो।कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन्।करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ। लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ।भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन्।लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ।अन्तर्राष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताउनुभयो।उहाँले भन्नुभयो, “आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ ।”

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो।यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ।जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन्।


 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App