दोहोरो कर छिटो हटाउन प्रमओलीलाई लगानीकर्ताको अनुरोध

बिहिबार, ३० जेठ २०७६, ०९ : १७ एजेन्सी

लण्डन – बेलायतको तीन दिने औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटी बेलायतका लगानीकर्ताहरुले दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन्। ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीयमूलका ब्रिटिश र नेपाली डायस्पोराका करिब २० जना प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटी सो अनुरोध गरेको हो। भेटपछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले आफूहरुले नेपाल सरकारको आलोचना वा सरकार प्रति गुनासो भन्दा पनि नेपालमा विदेशी लगानी लैजान रहेका समस्या समाधानका बारेमा मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए।

नेपालमा लगानी गर्ने ब्रटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्न परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो।

त्यस्तै, नेपालले प्रोडक्टभन्दा सर्भिस सेक्टरमा जोड दिँदा बढी लाभ लिनसक्ने सुझाव दिँदै प्रतिनिधि मण्डलले स्वास्थ्य, पर्यटन र शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँदा राम्रो हुने सुझाव दिएको थियो।

यसैगरी, नेपालमा वैदेशिक लगानी लाँदा भोग्नुपरेको समस्याका बारेमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई एक रिपोर्ट हस्तान्तरण गरेको थियो। सो क्रममा प्रतिनिधि मण्डलले नेपालमा कतिपय क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र विदेशी लगानीमा स्थापित कम्पनीले विदेशबाट दक्ष जनशक्ति नेपाल लैजाँदा ‘वर्कपर्मिट’ पाउन पैसा र समय खर्चिलो रहेकोमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए। प्रतिनिधिमण्डलसित प्रधानमन्त्रीले उठाएका सवालहरुलाई गम्भीरतापूर्वक हेर्ने र आवश्यक कामगर्ने वचन दिएको अध्यक्ष कँडेलले जानकारी दिए। बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो करलगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad