काठमाडौं- हिमालयन एयरलाइन्सको जहाज राति २ बजे कतारको राजधानी दोहाबाट काठमाडौंतर्फ उड्नै लागेको थियो। प्राविधिकले एच९ ५५६ विमानको सम्पूर्ण चेक जाँच गरे। सबै ठिक छ भन्ने सूचना पाएपछि चालक दलका सबै अध्यागमनतर्फ लाग्यौँ।
नेपाली एक यात्रु त्यो अवस्थामा देख्ना साथ म झस्किएँ। उनको नाडी छाम्दा गति एकदम कम भइसकेको थियो। मुखबाट निरन्तर फिँज निस्किरहेको देखेपछि मलाई डर लाग्यो।
दोहा विमानस्थलको अध्यागमन छेउमा एक व्यक्ति लडिरहेका थिए। सोधखोज गर्दा ती लडेका व्यक्ति नेपाली नागरिक रहेछन्। त्यो भन्दा पनि अर्को पक्ष ती हाम्रै हिमालय एयरलाइन्सबाट काठमाडौं जान लागेका यात्रु रहेछन्। उपचारबिहीन अवस्थामा फिँज काडेर लडिरहेका उनलाई त्यहाँ कुनै उपचार दिइएको थिएन। त्यहाँ उनका कोही आफन्त थिएनन्। उनलाई चिन्ने साथीभाइ कोही थिएनन्।
नेपाली एक यात्रु त्यो अवस्थामा देख्ना साथ म झस्किएँ। उनको नाडी छाम्दा गति एकदम कम भइसकेको थियो। मुखबाट निरन्तर फिँज निस्किरहेको देखेपछि मलाई डर लाग्यो। विस्तारै उनी बेहोस जस्तै भए। मैले आफूलाई सम्हाल्दै तत्क्षण सँगै रहेका क्याप्टेन रमेश कृष्णनन्लाई सुनाएँ।
हामीलाई यस्तो अवस्थामा कसरी सम्हालिने भनेर राम्रैसँग तालिम दिइएको हुन्छ।मेरो दिमागमा त्यो तालिम एक पटक सरसर्ती चल्यो। तत्काल हाम्रो क्याबिन क्र्यु समूहले प्राथमिक उपचार ल्याइहाल्यो। नेपाल फर्किने ती यात्रुको नाम निरञ्जन पटेल रहेछ। उनलाई क्षय रोग लागेको थाहा भयो।
उनलाई सिपीआर (कार्डियोपल्मुनरी रेस्क्रयुटेसन) दिइयो। १० मिनेट जतिपछि विस्तारै उनको होस खुल्यो। त्यसपछि उनी हिमालयकै उडानबाट काठमाडौं फर्किए।
(हिमालय एयरलान्सको पर्सर मनिस सिंहसँग नागरिकन्युजका सञ्जय थापाले गरेको कुराकानीमा आधारित)
प्रकाशित: १२ कार्तिक २०७३ १४:२२ शुक्रबार