८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढीमा बुधबारदेखि कन्टेनर सञ्चालन

रसुवा - रसुवागढी नाकाबाट बुधबारदेखि कन्टेनर सञ्चालन सुरु भएको छ । विभिन्न माग राख्दै सोमबारदेखि कन्टेनर नचलाएका व्यवसायीले जिल्ला प्रशासन कार्यालयसँग मौखिक सहमति गरेर बुधबारदेखि कन्टेर सञ्चालन सुरु गरेका हुन् । रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको थियो । व्यवसायीले ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन् । प्रशासनले सुरु गरेको प्रणालीमा आधारित भएर नाका व्यवस्थापन गर्ने मौखिक सहमति भएको व्यवसायी पेम्बा तामाङले बताए ।

नाकामा सिन्डिकेट हटाउन सहयोग गर्ने, सीमा व्यवस्थापन तथा पार्किङ व्यवस्थापनमा व्यवसायीले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
पुरानो प्रणालीका कारण लामो समयसम्म केरुङ बस्नुपर्ने, पार्किङ खर्च बढ्ने तथा बसाइँ खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नुपर्ने तथा सवारी जाम बढेको भन्दै व्यवसायीले कन्टेनर सञ्चालन रोकेका थिए ।

आलोपालो प्रणालीमा आठ सय ३५ कन्टेर आवद्ध भएका छन् । नाकालाई तस्करमुक्त बनाउनुपर्ने र व्यवस्थित बनाउनुपर्ने व्यवसायी कामी नुर्पु तामाङले बताए । ‘नाका अव्यवस्थित हुँदा व्यवसायीले घाटा बेहोर्नु परेको छ,’ उनले भने, ‘सामग्री आयात गर्न नसक्दा कन्टेनर बैंकले लिलाम गर्ने अवस्था छ ।’
नाकालाई व्यवस्थित बनाउनका लागि कन्टेनर व्यवसायीले केही समयअघि मात्र पालो प्रणाली सुरु गरेका थिए । नाकामा दैनिक डेढ सयको हाराहारीमा सवारी सञ्चालन हुँदै आएको छ । सिजन सुरु भएपछि आयात तथा निर्यात वृद्धि हुुने छ ।

नाकामा सात सय कन्टेनर सञ्चालन हुन्छ । मितेरी पुल निर्माण गर्ने समयमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदा करिब ४० वटा सवारी मात्रै चीन जाने गरेका थिए । नेपालको सीमा क्षेत्रमा दैनिक जाने करिब चार सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि प्रणाली सुरु गरिएको थियो ।
नाकामा आयात तथा निर्यातमा वृद्धि भएसँगै रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७५÷७६ को साउन १ देखि जेठ २६ गतेसम्म नौ अर्ब ५६ करोड राजस्व संकलन गरिसकेको छ ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App