ठेउलाका कारण विद्यालय बन्द

बिहिबार, ३० जेठ २०७६, ०८ : ५६ नागरिक

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित गार्मा माविका विद्यार्थीमा चिकेन फक्स (ठेउला) को समस्या देखाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। सुरुमा साना बालबच्चामा देखा परेको सो समस्या अन्य विद्यार्थीमा समेत सर्न थालेपछि विद्यालय नै बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले बताए।

विद्यार्थीको शरीरभरि फोका उठ्ने, कान पाक्ने, घाटी दुख्ने, ज्वरो आउनेलगायत समस्या देखिएकाले चिकित्सककै सुझावमा सोमबारदेखि एक साताका लागि विद्यालय बन्द गरिएको हो। भाइरसका कारण संक्रमण हुने यो रोग सुरुमा साना बालबच्चामा देखा परेको र पछि श्वासप्रश्वासको माध्यमबाट ५०/६० जना विद्यार्थीमा देखा परेको प्रधानाध्यापक तामाङले बताए।

विशेषगरी होस्टलमा बस्दै आएका विद्यार्थी र शिक्षकमा समेत समस्या देखिएपछि विद्यालय बन्द गरिएको शिक्षिका महिना घिमिरेले बताइन्। समस्या फैलँदै गएपछि जिल्ला अस्पतालबाट चिकित्सकको टोली विद्यालयमा पुगेको थियो। समस्याको आधारमा औषधि वितरण गरेपछि चिकित्सककै सुझावमा विद्यालय बन्द गरिएको थियो। विद्यालयमा ४ सय १२ विद्यार्थी अध्ययनरत छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad