८ वैशाख २०८१ शनिबार
समाज

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

काठमाडौँ-खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई  भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो ।

“इमाडोलस्थित खरिबोट क्षेत्रमा कुवामा रहेको ग्यासलाई भण्डार गर्न केही दिनमा नै ‘नमुना ग्यास प्लान्ट’ बनाउने तयारी थालिने छ,” श्रेष्ठले भने- “हप्तादिनभित्रमा प्लान्टको काम सुरु गर्छौं ।’’ ग्यास भण्डारण गर्नका लागि विभागले इमाडोलमा नयाँ इनारसमेत खनेको छ । पुरानो भत्किएकाले नयाँ इनार खनिएको हो । विभागले ग्यास रहेको इनारलाई तारबारले घेरेर एक जना पालेसमेत राखेको छ ।

ग्यास भण्डारणका लागि आवश्यक सामान विदेशबाट आयत गर्ने प्रक्रिया समेत विभागले थालेको छ । ग्यासको भण्डारण मात्रा र खर्च हेरेर अन्य ठाउँमा रहेको ग्यासलाई पनि भण्डारण गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । ‘‘अहिले कति ग्यास भण्डारण गर्न सकिन्छ । त्यो हेर्छौं’’, उनले भने-‘‘पर्याप्त मात्रामा पुग्ने भएपछि अन्य ठाउँको ग्यास भण्डारण गर्छौं ।’’

उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको पाइएको छ । यसअघि सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।  रासस

प्रकाशित: १३ असार २०७३ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App