'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

शुक्रबार, १२ कार्तिक २०७३, १७ : ४५ डा. बाबुराम भट्टरार्इ  | @brb1954

काठमाडाैं– विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन।

अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर। विगतमा एशियाले विश्वलाई हाँक्नको निम्ति, एशिया केन्द्रित विश्वव्यापी नेटवर्कलाई नै अहिलेको प्रमुख आवश्यकता मान्नुपर्ने हुन्छ। यस सन्दर्भमा चीनले पहल गरेको 'वान बेल्ड- वान रोड' योजनाले एशियाली राष्ट्रहरुलाई जोड्न निक्कै योगदान पुर्‍याउनेछ। एक पेटी — एक मार्ग योजनासँगसँगै समुद्री सिल्क रोडले एशियालाई बाँकी विश्वसित जोड्ने कार्यलाई थप वृद्धि गर्नेछ र सहज बनाउनेछ। यसले निश्चय नै एशियाका प्रत्येक देशलाई बृहत लाभ पुर्याउनेछ र कालान्तरमा यी एशियाकै गौरवका परियोजना बन्नेछन्।

रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न र सम्भवतः भारतसम्म विस्तार गर्न दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ। तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भैसकेको छ।

दोस्रो विश्वयुद्धपछि सबै विकासशील मुलुकहरुले  सामाजिक—आर्थिक रुपान्तराणलाई जोड दिएका थिए। यसका लागि उनीहरुले विकासका विभिन्न अवधारणहरुमा चल्न थाले। यस मामिलामा एसियाली राष्ट्र जापान र दि रिपब्लिक अफ कोरिया सफल देखिए। पछि चीनले पनि सोहि  सफलतालाई  पछ्यायो।

हिमाली भेगहरुलाई जोड्ने बहस उठ्दा यो सधैं भौतिक प्रतिकूलता र बाधाहरुको बिषयसित ठोक्किने गर्दछ। तथापि इतिहासले हामीलाई अर्कै वास्तविकता देखाउँछ। विगतमा यही हिमाली भेगमा रेशम मार्गका हाँगाहरु सहित थुप्रै व्यापार मार्गहरु हुने गर्दथे। जसले नेपाल हुँदै चीन र भारतलाई जोड्दथ्यो। अहिले पनि दुई उदाउँदा अर्थतन्त्र चीन र भारतबीच आर्थिक र भौतिक सम्बन्धको तालमेल बढ्नु नै शक्तिको सबभन्दा ठूलो श्रोत हुनेछ। मलाई गर्व छ कि म आफैं प्रधानमन्त्री हुँदा मैले नै भारत र चीनबीच नेपालले एउटा जीवन्त पुलको भूमिका निर्वाह गर्नुपर्दछ र गर्नसक्नेछ भन्ने बहसको शुरुवात गरेको थिएँ।

अब भौगोलिक प्रतिकूलताको बिषयले हामीलाई अड्काइराख्न सक्दैन। आधुनिक पूर्वाधार प्रविधिले हाम्रा सामु थुप्रै समाधानहरु पस्किसकेका छन्। अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव ठानिएका स्थानलाई पनि आधुनिक रेल प्रविधिद्वारा कसरी जोड्न सकिन्छ भन्ने उदाहरण चिन्घाई–तिब्बत रेलमार्गले देखाइसकेको छ। त्यसकारण, रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न र सम्भवतः भारतसम्म विस्तार गर्न दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ। तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भैसकेको छ।

नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित छैन। वास्तवमा यो त हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको छ। चीन—नेपाल—भारतलाई जोड्दा विशाल आर्थिक बजार निर्माण हुने र यसले अभूतपूर्व स्तरको उत्पादकत्व, अन्वेषण, पर्यटकीय र साँस्कृतिक साँठगाँठ बढाउन सक्नेछ।

चीनले पहल गरेको 'वान बेल्ड- वान रोड' योजनाले एशियाली राष्ट्रहरुलाई जोड्न निक्कै योगदान पुर्‍याउनेछ। एक पेटी — एक मार्ग योजनासँगसँगै समुद्री सिल्क रोडले एशियालाई बाँकी विश्वसित जोड्ने कार्यलाई थप वृद्धि गर्नेछ र सहज बनाउनेछ। यसले निश्चय नै एशियाका प्रत्येक देशलाई बृहत लाभ पुर्याउनेछ र कालान्तरमा यी एशियाकै गौरवका परियोजना बन्नेछन्।

भौतिक पूर्वाधार निर्माणको मामिलामा चीन अहिले विशाल अतिरिक्त पूँजी र क्षमतायुक्त छ। चीनसित 'विन—विन' साझेदारी निर्माण गरेर केही विकासोन्मुख देशहरुले यसको फाइदा लिइसकेका छन्। जबकि नेपाल र दक्षिण एशियाका देशहरु आर्थिक वृद्धिको निम्ति यही भौतिक पूर्वाधार विकास गर्ने समस्या नै प्रमुख रूपमा देखा पर्दै आइरहेको छ। त्यसकारण, व्यापक पूर्वाधार विकास र तीब्र आर्थिक वृद्धिको निम्ति चीनसँग भएको पूँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुनेछ।

यातायात प्रविधि र विधिहरुमा उल्लेखनीय प्रगति हुँदाहुँदै पनि प्रस्तावित नेपाल-चीन व्यापार मार्गको सम्भाव्यता र प्रतिस्पर्धात्मक क्षमताबारे केही आशंकाहरु अझै प्रकट हुने गरेका छन्। यस्ता आशंकाका प्रमुख स्रोत प्राविधिक र आर्थिक कुराभन्दा पनि तथाकथित भूराजनीतिक संवेदनशीलता हुनेगरेको छ। भौतिक विकासले सामाजिक सोच र चिन्तनमा परिवर्तन ल्याउँछु भनेझैं आधुनिक यातायात प्रविधिको आडमा चीन–नेपाल–भारत जोड्ने अभियानले थुप्रै रोचक र सुखद अप्रत्यासित परिवर्तन ल्याउन सक्नेछ र सायद भूराजनीतिक आशंकाहरु पनि निर्मूल पार्न सक्नेछ।

अहिले एक्काइसौं शताब्दीमा एशियाली अर्थतन्त्रहरुले सामना गरिरहेको प्रमुख चुनौति भनेको गरीबी र बेरोजगारी हो । एक पेटी–एक मार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवं फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पुर्याउने छ। यस अर्थमा चीनले लिएको पहललाई स्वागत गर्नु र त्यसमाथि थप विकास गर्नु हाम्रो इच्छाको विषय मात्र नभई सम्पूर्ण एशियाली राष्ट्रहरुको निम्ति एउटा वाध्यता समेत हो । साझा समृद्धिको साझा लक्ष्यद्वारा नै एशियाले विश्वको अगुवाई गर्न सक्नेछ। हामी सबै यही साझा लक्ष्यप्रति प्रतिबद्ध बनौं।

(चीनको ग्वान्झाओमा भइरहेको  २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा अतिथिको रुपमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अंग्रेजीमा दिएको प्रस्तुतिको नेपाली अनुवाद। -सम्पादक)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad