coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच बेवारिसे शव संकलन गरी दाहसंस्कार

काठमाडाैं– एक्सन फर सोसेल चेन्ज नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेबारिसे शव संकलन गरी शुक्रबार सामुहिक दाह संस्कार गरेको छ। 

"एक सोचले मानिसको जीवनमा परिवर्तन गर्छ, यी बेबारिसे भनिएकाहरुको अब हामी हुनुपर्छ" भन्ने नारा साथ समाज परिवर्तनको दिशामा अग्रसर रहेकाे जनाउने उक्त संस्थाले यसअघि पनि बेबारिसे शव संकलन गरी दाह संस्कार गरेको थियो। यस्ता बेबारिसे शव बेबस्थापना गर्नुपर्ने जिम्मेबारी महानगरपालिकाको भए पनि प्रक्रियागत समस्याले गर्दा लामो समयसम्म सडेर रहने गरेको थीयो। 

प्रहरी, महानगरपालिका, अस्पताल र जिल्ला प्रशासन कार्यालयबिच आवश्यक ताल मेल नहुँदा यस्तो समस्या आउने गर्छ लासहरु धेरै समयसम्म अस्पतालमा राख्दा थुप्रो हुने राख्ने ठाउँ नहुने अनी सड्ने दुर्गन्ध फैलने गर्छ,' संस्थाका अध्यक्ष बिनय बस्नेतले भने, 'एक्सन फर सोसेल चेन्जले सबै तिर प्रक्रिया पुर्राएर बेबारिसे शव बेबस्थापनको जिम्मा लिएको हाे।'
 

प्रकाशित: १२ कार्तिक २०७३ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App