coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु

दार्चुला– अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो।

उनको घट्नास्थलमै ज्यान गएको अपि हिमाल गाउँपालिका–१ का वडा सचिव अगबरसिंह जागरीले बताए। घटनास्थलमा प्रहरी चौकी खण्डेश्वरीबाट टोली पठाइएको कठायतले बताए। यसअघि ब्यास गाउँपालिका–१ दूधीवनमा ११ वर्र्षीय अनिश विष्टको यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु भएको थियो। रासस

प्रकाशित: २९ जेष्ठ २०७६ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App