नेप्से परिसूचक पुनः ओरालो

बुधबार, २९ जेठ २०७६, १६ : १६ नागरिक

काठमाडाैं– मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ। स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँ मा खरीद बिक्री भए। कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ। व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे ।

स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर सात करोड १२ लाख ६२ हजार २२२ रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रह्यो। यसैगरी शिवम् सिमेन्ट चार करोड २५ लाख ४३ हजार ३४३ रुपैयाँ, प्रभु बैंक लिमिटेड दुई करोड १३ लाख ५८ हजार ५०१ रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक करोड ५९ लाख १० हजार ६५९ रुपैयाँ र एनआइसी एशिया बैंकको एक करोड ५३ लाख ९० हजार ९५५ रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे।

साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए। गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५/५, खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३.५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७.०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६.९७, कर्णाली विकास बैंक ६.४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६.३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६.३४ प्रशितले गुमाए। रासस







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...