८ वैशाख २०८१ शनिबार
खेल

आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै

काठमाडाैं– इङ्ग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपमा आज पाकिस्तान र अस्ट्रेलिया आमनेसामने हुुँदैछन्।

नेपाली समय अनुसार दिउँसो ३ः१५ मा हुने खेलमा यी टोली इङ्ग्ल्याण्डको मैदानमा १५ वर्षपछि आमनेसामने हुनेछन्। अहिलेसम्म १०३ पटक एकदिवसीय खेल खेलेका यी टोलीमा अस्ट्रेलियाले ६७ खेल,पाकिस्तानले ३२ खेल जितेको छ। त्यस्तै ४ खेल नतीजाबिहीन भएको थियो। विश्वकपमा भने यी टोलीले ९ खेलमा प्रतिस्पर्धा गरेका छन्, जसमा अस्ट्रेलियाले ५ खेल र पाकिस्तानले ४ खेल जितेको छ।

जारी विश्वकपका खेलहरु मौसमको कारण प्रभावित भइरहँदा आज पनि हल्का वर्षा हुने मौसम विभागले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App