विवादित विधेयक छलफलपछि परिमार्जन हुन्छन्ः अध्यक्ष दाहाल

बुधबार, २९ जेठ २०७६, ११ : ४८ सविता श्रेष्ठ

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले पछिल्लो समयमा ल्याएका विधेयकमा आवश्यक परिमार्जन गरिने बताएका छन्। सरकारले ल्याएका विधेयकहरुमा तयारी राम्रो नपुगेकाले विरोध र गुनासाहरु आएको उनले बताए।

बुधबार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए। ‘तयारी राम्रो नपुगेको हो, जति गृहकार्य भएर आउनुपथ्र्यो त्यो नपुगेकै हो’ उनले भने, ‘सरकार र पार्टी सतर्क भएको छ, प्रर्याप्त छलफल गरेर, सहमति बनाएर ल्याउने तिर सरकार जान्छ।’ मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरेर अगाडी बढिने उनको भनाई छ। यस्तै, गुठी विधेयकको बारेमा पनि बहस र छलफल चलिराखेको र परिमार्जन गरिने उनी बताउँछन्।

सरकार आलोपालो चलाउने सहमतिलाई भने नयाँ कुरा नभएकाले पहिले भएका समझादारीका साथ अगाडी बढिने उनले बताए। लोक सेवा आयोगले ल्याएको कर्मचारी भर्ना प्रक्रियाको विज्ञापन विवादका विषयमामा संसदिय समितिले र सरकारले काम गरिराखेको उनले बताए। यस विषयमा प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि छलफल गरेर उचित ढंगले अघि बढिने उनको भनाइ छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad