८ वैशाख २०८१ शनिबार
अर्थ

दैनिक जीवनका सारथी विद्युतीय उपकरण

काठमाडौं– हरेक व्यक्तिको व्यस्तता बढेको छ। प्रविधिमा आएको परिवर्तनले उपभोगको शैली पनि फेरिएको छ। मान्छेले गर्ने धेरै काम उपकरणले गर्न थालेका छन्।

कामकाजीको दैनिक जीवनमा सघाउन होम एप्लाएन्स (घरायसी उपकरण) सारथी बनेका छन्। विद्युतीय उपकरणले मानव जीवनलाई सहज, छिटोछरितो र व्यवस्थित बनाउन सघाएको छ।

घरायसी काम सहज बनाउन विद्युतीय उपकरण उपयोगी बनेको स्काई वर्थका नेसनल सेल्स मेनेजर नविन पोखरेल बताउँछन्। ‘इलेक्ट्रोनिक्स सामग्रीले मानिसको दैनिक जीवनमा सहजता ल्याएको छ,’ पोखरेलले भने, ‘व्यस्ततासँगै समय व्यवस्थापनमा सहयोग पुग्छ।’

हतार हुने खाना पकाएर रेफ्रिजेरेटरमा राख्न सक्छन्। खाना तताउन माइक्रोवेभ प्रयोग हुन्छ। खाना, तरकारी, फलफूल ताजा राख्नका लागि रेफ्रिजेरेटरमा राखिन्छ। गर्मीले हुरुक्क भएका बेलामा चिसो पानी वा पेय पदार्थ पिउन रेफ्रिजेरेटर सहयोगी बनेको छ। बजारमा विभिन्न कम्पनीले सिंगल तथा डबल डोरका रेफ्रिजेरेटर बिक्री गर्दै आएका छन्।

अचार बनाउन वा चटनी पिस्नका लागि मिक्सचर ग्रान्डरको प्रयोग गर्न सकिन्छ। घरका कोठा सफाइ गर्न भ्याकुम क्लिनर छ। कपडा धुलाइ गर्न आफूले दुःख गरिरहनु पर्दैन। वासिङ मेसिनको प्रयोग गर्न सकिन्छ। कामको व्यस्ततासँगै हातले कपडा धुनेको संख्या घट्दो छ। आम्दानी वृद्धि हुनासाथ घरमा वासिङ मेसिन किन्नेको संख्या पनि बढिरहेको छ।

वातावरण अनुकूल बन्न पनि उपकरणले सघाएका छन्। चिसो हुँदा ‘हिटिङ सिस्टम’, गर्मी हुँदा ‘कुलिङ सिस्टम’ प्रयोग गर्न सकिन्छ। तातो कोठा वा अफिसलाई चिसो बनाउन एसी वा कुलरको प्रयोग अनिवार्य जस्तै बनेको छ। अहिले गर्मी मौसममा चिसो बनाउन कुलरले सघाउँछ।

लोडसेडिङ घटेकाले पनि इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग बढेको हो। प्रविधिमा आएको परिवर्तनले व्यक्तिगत घरमात्र नभएर सरकारी तथा गैरसरकारी संस्था, कर्पोरेट अफिस, विद्यालय, अस्पताल, व्यापारिक मलमा आवश्यकता अनुसार उपकरणको प्रयोग गर्न सकिन्छ।

अहिले बजारमा रेफ्रिजेरेटर, टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर, कुलर, एसी, मिक्सचर, पंखा, हिटर, गिजर,  ग्रान्डर, कुकर, रोटी मेकर, आइरनलगायत विद्युतीय उपकरण तथा घरायसी उपकरणको बिक्री बढिरहेको छ।

गोइन्का ग्रुप, हिम इलेक्ट्रोनिक्स, एलजी, बाल्ट्रा, होम ग्लोरी, नविन डिस्ट्रिब्युटर, स्काई वर्थलगायत दर्जनौं कम्पनीले इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्दै आएका छन्। नेपाली बजारमा विद्युतीय सामग्रीको बजार दिनानुदिन बढिरहेको छ। हिमाल रेफ्रिजिरेसले एसी बिक्री गर्दै आएको छ। स्वदेशी तथा विदशी कम्पनीले बजार विस्तार गरिरहेका छन्। यस्ता सामग्रीको वार्षिक अर्बौं रुपैयाँको कारोबार हुन्छ।

गोइन्का ग्रुपले कुलर, फ्रिज, एसी, एलइडी टिभी, पंखा, हिटर, गिजर, आइरन, राइस कुकुर, मिक्सचर, ग्यास स्टोभ, इन्डक्सन चुलोलगायत सामग्री बिक्री गर्दै आएको छ।

गर्मीको समयमा नेपाली बजारमा सेतो कुलरको लोकप्रियता बढेको कम्पनीले जनाएको छ। ‘सेलो कुलरले लामो समय चिसो फाल्छ,’ गोयन्का इलेक्ट्रोनिक्सका प्रोडक्ट प्लानिङ हेड दिक्पाल कार्कीले भने, ‘पछिल्लो समय बजारमा यसको लोकप्रियता बढ्दै गएको छ।’

त्यसैगरी स्काई वर्थले टिभी, एसी, वासिङ मेसिन, रेफ्रिजेरेटर, कुलरसहित होम एप्लायन्सका सामग्री बिक्री गर्छ।

गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले विभिन्न इलेक्ट्रोनिक्स सामग्रीमा आफ्नो बजार विस्तार गरिरहेको छ। हिम इलेक्ट्रोनिक्सका रेफ्रिजेरेटर, टिभी, वासिङ मेशिन, माइक्रोवेभ ओभन, स्मार्ट ओभन, भ्याकुम क्लिनर, डिजिटल क्यामेरा, होम थिएटरलगायत सामग्री छन्।

सिंगल तथा डबल डोरका रेफ्रिजेरेटरका साथै फ्ल्याट, एलसिडी, एलइडी, थ्रिडी र स्मार्ट टिभी पनि बिक्री गर्छ। उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय सामान बिक्री गरिरहेको हिम इलेक्ट्रोनिक्सका मार्केटिङ मेनेजर निसान्त घिमिरेले बताए। ‘उपभोक्ताको मागअनुसार सर्भिस दिन्छौं,’ उनले भने, ‘गुणस्तरीय उत्पादन भएकाले उपभोक्ताको मन जित्न सफल भएका छौं।’ सामानअनुसार वारेन्टीको पनि व्यवस्था गरिएको घिमिरेले बताए।

बाल्ट्राले नेपाली बजारमा एक दशकदेखि विभिन्न विद्युतीय उपकरण बिक्री गर्दै आएको छ। कम्पनीले पछिल्लो पटक विभिन्न रेन्जका बाल्ट्रा स्मार्ट फोके युएचडी टेलिभिजन बजारमा ल्याएको छ। बाल्ट्राका पानी तताउने केटल, इलेक्ट्रिक तथा केरोसिन हिटर, एसी तथा रुम वार्मरलगायत सामग्री पनि छन्।

एलजीका होम एप्लायन्सका सामग्री छन्। एलजीले टेलिभिजन, वासिङ मेसिन, फ्यान, एसी, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरलगायत सामग्री बिक्री गर्दै आएको छ। होम ग्लोरीले पनि जाडोमा पानी तताउने इलेक्ट्रिक केटल, रुम हिटर, एसीलगायत चिसो मौसममा प्रयोग हुने सामग्री बिक्री–वितरण गर्दै आएको छ।

कुनै पनि सामग्री किन्दा त्यसको मूल्य, गुणस्तरमा ध्यान दिनुपर्ने बिक्रेता बताउँछन्। बजारमा केही नक्कली सामग्री पनि बिक्री हुने भएकाले ‘ब्रान्डेड’ सामग्री खरिद गर्न व्यापारी सुझाव दिन्छन्। इलेक्ट्रिक सामग्रीको बजारमा प्रतिस्पर्धा बढेपछि इलेक्ट्रोनिक्स सामग्री उत्पादन तथा बिक्री गर्ने कम्पनीले वारेन्टीसहित विभिन्न छुटका स्किम पनि सञ्चालन गर्दै आएका छन्।

बजारमा आफ्नो बलियो उपस्थिति बढाउनका लागि सर्भिसलाई प्राथमिकता दिएका छन्। देशभरका डिलर्सबाट अधिकतम १० वर्षसम्म वारेन्टीका योजना पनि इलेक्ट्रोनिक्स सामग्री उत्पादन तथा बिक्री गर्ने कम्पनीले ल्याएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App