८ वैशाख २०८१ शनिबार
राजनीति

विदा दिने निर्णय मेराे मर्जीले गरेकाे हाेइन: प्रधानमन्त्री

कात्तिक-  प्रधानमन्त्री पुष्पकमल दाहालले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिँदा राम्रो हुने राजनीतिक दलका नेता तथा  सुरक्षा निकायबाट राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको बताएका छन्। भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउँदा सार्वजनिक विदा दिने सरकारकाे निर्णयकाे सर्वत्र विराेध भएपछि प्रधानमन्त्री दाहाले सबैकाे सुझाव अनुसार छिमेकी मुलुक चीन र भारतका राष्ट्रप्रमुख नेपाल भ्रमणका अाउँदा सार्वजनिक विदा दिने निर्णय गरेकाे बताएका हुन्। बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण अाउँदा सार्वजनिक विदा दिने निर्णय गरेकाे थियाे।

भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो । उक्त बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीप्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।’

 

शुक्रबार व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले  सरकारले सबै सराेकारवाला निकायकाे सुझावका अाधारमा सार्वजनिक विदा दिने निर्णय गरेकाे बताएका हुन्।  प्रधानमन्त्रीले भने, ‘भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो । उक्त बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीप्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।’

भेटमा प्रधानमन्त्रीले विद्यार्थीहरुको एकताले आफू प्रभावित भएको भन्दै आफू सबैसँग समान धारणा बनाएर महाअभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिए ।‘हरेक काममा तपाईहरुले जुन एकता प्रदर्शन गर्नुभएको छ, यसले राजनीतिक नेताहरुलाई पनि प्रेरणा मिलेको छ । अख्तियारको दुरुपयोग रोक्ने, सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाअभियोग लगाउनुपर्ने बाध्यता पक्कै राम्रो होइन । तर, यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा पक्कै दिन्छ,' उनले भने।
भेटमा विद्यार्थी नेताहरुले संसदमा पेश भएको महाअभियोग प्रस्ताव सकारात्मक रहेको भन्दै प्रस्ताव पारित गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App