७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिममा फेरि भीषण हावाहुरी

तस्बिर सौजन्यः ललित देउवा

काठमाडौं - केही दिन अघि हावाहुरीले ठूलो क्षति पु-याएको कैलाली-कञ्चनपुरमा बुधबार बिहानै हावाहुरी सुरु भएको छ। बिहानै भीषण हावाहुरीसहितको वर्षा भएपछि स्थानीय त्रसित भएका छन्। यस अघि बिहीबारको हावाहुरीले घरबार विहिन भएकाहरुलाई बढी समस्या भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लिमा परेका छन्।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।  यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए। एक हप्ता देखि विद्युत अबरुद्द हुदा गर्मीले आजित भएका तराईबासीले पानी परेपछि भने सितल महसुस गरेका छन् ।

 

 

प्रकाशित: २९ जेष्ठ २०७६ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App