coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङबाट बच्न लाइटिङ एरेस्टर

बाक्सिलामा लाइटिङ एरेस्टर जडान गर्दै प्राविधिक। तस्बिर: नागरिक

खोटाङ – चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि केपिलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेस्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेस्टर जडान गरेको हो।

आर्थिक वर्ष (आव) २०७४/७५ मा विनियोजित २ लाख बजेट तथा जनसेवा समाज नेपाल जालपाको सबल परियोजनाअन्तर्गत २ लाख ५३ हजार ५ सय रुपैयाँ खर्चमा बाक्सिलाका छुट्टाछुट्टै स्थानमा लाइटिङ एरेस्टर जडान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए। सो क्षेत्रमा हरेक वर्ष चट्याङले जनधनमा क्षति पु¥याउने गरेकाले समाधानको विकल्पमा प्रतिरोधात्मक उपकरण जडान गरिएको हो।

जडान गरिएको उपकरणले ८ सय मिटर आसपासमा परेका चट्याङ निष्क्रिय हुने दाबी गरिएको छ। ‘यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्छ, जनधनको क्षति हुन्छ, पशुचौपाया उत्तिकै मर्ने गरेका छन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो समस्यालाई कम गर्न लाइटिङ एरेस्टर राखिएको हो। यसले ८ सय मिटरवरपर परेको चट्याङलाई तानेर डिस्पोज गर्छ भनिएको छ।’ यसअघि चट्याङ न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र १४ को बुइपा खिल्कुका ३५ घरमा अर्थिङ गरिसकिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७६ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App