गुठी विधेयक नसच्याए उपत्यका घेरावन्दी गर्ने चेतावनी

मङ्गलबार, २८ जेठ २०७६, २२ : ४० नागरिक

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजन केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै  काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए  उपत्यका घेरावन्दी हुने चेतावनी दिए। सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकाबासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए। धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरे।

उनले भने “यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई  चलाईयो भने निश्चित रुपले १० औ लाख मान्छे काठमाडौंमा उत्रनेछन्। नाङलो ठट्याएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीबासीलाई। ”

उनले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाडौंमा घेराबन्दी हुने र भयाभह स्थिति श्रृजना हुने चेतावनी दिए। प्रधानमन्त्रीले विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए। उनले हिन्दु धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे। गुठीयारहरु आफुहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाडौंबासीको संस्कार र भावनासंग खेलवाड नगर्न आग्रह गरे। 

उनले भने “सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ। कम्युनिष्टहरु धर्म मान्दैनन।  कम्युनिष्ठहरु संस्कृति र सम्पदामा विश्वास गर्दैनन्। कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन। यो कम्युनिष्टको दर्शन हो। यो कम्युनिष्ट को स्कुलिङ हो। आज यो चरितार्थ भएको छ।”

उनले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गरे। सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठी सम्बन्धी विधेयक आएको दाबी गरेकी थिइन्। संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे।

आईतबार माईतीघर मण्डलामा गुठी व्यवस्थापन सम्बन्धी विधेयकको विरोधमा निस्किएको जुलुशमा प्रहरी दमन भएको भन्दै उनले तत्काल छानविन समिति बनाउ आग्रह गरे।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad