८ वैशाख २०८१ शनिबार
समाज

१० घण्टापछि नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन–सोमबार बिहान  चार बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १० घण्टापछि दिउँसो दुई बजेबाट सञ्चालनमा आएको छ। मुग्लिनदेखि पूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमा पहिरो खसेको थियो। बिहान आठ बजेभित्रै यातायात खुलाउने उद्देश्यले काम भएपनि पहिरो ठूलो भएका कारण समय लागेको नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले जानकारी दिएको छ।     
सो सडक खण्ड दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षा लागेसँगै पहिरो गएर दुख दिन थालेको छ। चार किलोमा यसअघि मंगलबार राति र बुधबार रातिपनि पहिरो गएको थियो। मंगलबार राति गएको पहिरो सात घण्टापछि बुधबार बिहाननौ बजे सफा गरेर गाडी खुलाइएको थियो । त्यसको १२ घण्टापछि बुधबार राति नौ बजे फेरि चार किलोमै पहिरो गएर अवरुद्ध भएको सडक १४ घण्टापछि बिहीबार मध्यान्ह ११ बजे मात्रै खुलेको थियो ।
आज चार किलोका साथै जलबिरे, केराबारी र गाइघाटमा पनि सामान्य पहिरो गएको थियो। पहिरो सफा गरेर दुईतर्फी रुपमा यातायात चलेको आयोजना कार्यालयले जानकारी दिएको छ। नारायणगढदेखि १७ किलो मिटर परको गाइघाट, २२ किलो मिटर परको घुमाउने, २७किलो मिटर परको जलबिरे र ३३ किलो मिटर परको कालिखोलासम्मको सडक खण्ड पहिरोको उच्चजोखिममा रहेको सडक निर्माण आयोजनाले जानकारी गराएको छ ।
सो क्षेत्रमाकुनै पनिखालको मानवीय र अन्य भौतिक क्षति नहोस भन्ने चाहनाले सवैलाई सजगभएर यात्रागर्न अपिलसमेत गरिएको छ । वर्षा भएका बेलामा र रातमा सो सडक खण्ड भएर यात्रागर्दा पहिरो जाने क्षेत्रमा गाडी रोक्ने र लाइनमा बस्ने कामनगर्न आयोजनाको अनुरोध छ । ससाना ढुंगा खसेको वा केहीबग्दै गरेको टाढाबाट देखेपछि गाडी परै रोकेर सुरक्षित भएमा मात्रै अगाडि बढ्न सुझाव दिइएको छ ।

 

प्रकाशित: १३ असार २०७३ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App