७ वैशाख २०८१ शुक्रबार
समाज

निर्माण व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। 

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो। सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ।

महासंघले आफूहरुको सबै माग सार्वजनिक खरिद ऐन संशोधनको बेला सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पनि स्पष्ट पारेको छ। अध्यक्ष सिंहले भुक्तानी गर्न बाँकि रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराए। कालो सूचीमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिनेलगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो।

प्रकाशित: २८ जेष्ठ २०७६ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App