बजेटमा सत्तारुढ सांसदकै मौन विरोध, रोस्टम गएर रावल नबोलेपछि...

मङ्गलबार, २८ जेठ २०७६, १५ : ०७ नागरिक संवाददाता

काठमाडौं– सरकारले ल्याएको बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले विरोध जनाएका छन्। कैलालीबाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोस्टममा मौन उभिएर सांकेतिक विरोध जनाए। सभामुख कृष्णबहादुर महराले ‘रेष्ट’ लिँदा जेष्ठ सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले ६ मिनेट समयसहित रावललाई बोल्नका लागि रोस्टममा बोलाइन्। 

रोस्टममा पुगेर रावलले भने, ‘सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक विकास कार्यक्रमका बारेमा बोल्न चाहन्छु’ भने। यति भनिसकेपछि रावल मौन बसे। करिब १ मिनेट मौन बसेपछि सभामुखको आसनमा बसेकी ज्ञवालीले सोधिन्ः 

सभामुखको प्रश्नः माननीयज्यू के भयो? 

रावलको जवाफः केही नभएको हुनाले सभामुख महोदय नबोलेको ।

सभामुखः यसरी समयको सदुपयोग गर्ने की? 

रावलः किताबमा नअटेको हुनाले सभामुख महोदय?

सभामुखः माननीयको सांकेतिक विरोध भइसकेको छ, अब माननीयले समय लिनुहोस्, म अनुरोध गर्न चाहन्छु।

रावलः सभामुख महोदय, भए पो बोल्नु। 

यसको एक मिनेट मौन बसेर रावल बल्ल बोल्न थाले, ‘सभामुख महोदय! मै खाउ, मै लाउ। सुख सयल मै गरु। मै बाँचु, मै हाँसु। अरु सबै मरुन, दुर्बलहरु – जो म जस्ताहरु। यो सहरी विकास मन्त्रालयको बार्षिक लगायत जुन कार्यक्रम छ, पाना पाना पल्टाएर हेरे, बजेट आउनुभन्दा पहिला चैतमा मैले सहरी विकास मन्त्रालयको ढोका ढक ढक्याए। तर, मन्त्रालयको सबैभन्दा बढी लक्षित कार्यक्रममा पर्ने मेरो ठाउँमा यो मन्त्रालयको आँखा पुग्दैन। मन्त्री केन्द्रीत, नेता केन्द्रीत यो कार्यक्रम आएको हुनाले यो विभेदकारी छ। हुरी पीडितलाई राहत दिने कुरामा पनि यो सरकार कानमा तेल हालेर बसिरहेको छ। त्यसकारण सहरी विकास मन्त्रालयले ल्याएको बजेट (म अरु त केही भन्न सक्दिन। किनभने म सत्तापक्ष सांसद हुँ) घोर विभेदकारी, असमान छ। मन्त्रीको योग्यता देखेर दया लाग्छ।' 

उनले कैलाली कञ्चनपुरका हुरी पीडितलाई राहतको प्याकेज घोषणा गर्न पनि माग गर्दै आफ्नो समय सक्काए। सांसद रावल बाेल्दा प्रतिपक्षी सांसदले ताली बजाएका थिए भने सहरी विकास मन्त्री इस्तियाक राइ, अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत विश्वकर्मा मज्जाले हाँसेका थिए। सभामुखकाे जिम्मेवारी सम्हालिरहेकी ज्ञवाली पनि मुसुमुसु हाँस्दै के गर्ने भनेर संसद सचिवालयका कर्मचारीसँग खासखुस गरिरहेकी थिइन्।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad