coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दक्षिण एशियाकै सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको अर्थमन्त्रीको दाबी

फाइल तस्बिर/नागरिक

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे। पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ।

अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना बढेर गएको समेत बताए । मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिए।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्ब पु-याउने घोषणा पनि गरे। सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ।

 

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App