१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मत सर्बेक्षण: धेरैले भने-भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय गलत

काठमाडौं–भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ। यसै सन्दर्भमा नागरिकन्युजले गरेको मत सर्बेक्षणमा पनि उक्त निर्णय गलत भएको जनमतले देखाएको छ।

नागरिकन्युजको अफिसियल ट्विटरमा विदा दिने निर्णयबारे गरिएको जनमत सर्बेक्षणमा बहुसंख्यक मतदाताले निर्णय गलत भएको बताएका छन्।

निर्णय गलत भन्नेमा ८७ प्रतिशत मत देखिएको छ। निर्णय ठिक हो भन्ने मत मात्रै ८ प्रतिशत छ। यसबारे टिप्पणी गर्न अनिच्छुकको प्रतिशत ५ रहेको छ।

जनमतका लागि सोधिएको प्रश्न थियो– भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति तपाँइ के भन्नु हुन्छ?

जसमा तीनवटा विकल्प छान्न दिइएको थियो। पहिलोमा निर्णय ठिक, दोस्रोमा निर्णय बेठिक र तेस्रोमा भन्न चाहन्न।

सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App