coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, २१ घाइते

रौतहट  - रौतहटको चन्द्रपुर नपा १ स्थित मंगलपुर जंगलमा रोकि राखेको यात्रुबाहक बसलाई मालक ट्रकले पछाडिबाट सोमवार राति ठक्कर दिदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। सो दुर्घटनामा परेर २१ जना यात्रुहरु घाइते भएको छ भने ३ जनाको अवस्था गम्भीर रहेको हो।

पुर्व पश्चिम राजमागको पौराई जंगल स्थित मंगलपुरमा काठमाण्डौबाट जनकपुर तर्फ गईरहेको ना ६ ख ९०३० भारतीय तिर्थ यात्रु सबार बस सोमवार राति पौने १ बजेको समयमा साही दिशातर्फ गईरहेका को १ ख २६२५ नम्बररको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिदा २ जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त बसमा भारतको उडिसा राज्यका ६० जना तिर्थ यात्रुहरु सवार थिए। ट्रकले ठक्कर दिदा उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दीर जागामारा भुवनेश्वर खोडदाहाका ५२ बर्षिय विजयकुमार जेना र ५४ बर्षिय चरण विशालको घटनास्थलमा ज्यान गएको जानकारी दिदै रौतहट प्रहरीका डिएसपी नविन कार्कीले २१ जना घाईते तिर्थ यात्रुहरु मध्ये ५५ बर्षका सर्बेश्वर जेना, ५३ बर्षका शेषादेव जेना र  ६३ बर्षका करुणा कर्जुना अवस्था गम्भीर हुँदा विरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको बताए।

७० कि शौरिबिहारा, ७५ बर्षका बलभद्र बिश्ववाल, ५३ का श्रीनिवास राउत, ४५ का  दुर्योधन पाईकारा, ४२ का रत्नाकार दास र बस चालक जिल्ला झापा मेचि नगरपालिका १० बस्ने वर्ष ५७ को दुर्गा प्रसाद पौडेलको उपचार चन्द्रनिगाहपुर अस्पताल प्रालिमा भईरहेको तथा १२ जनाको समान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको समेत उनले जानकारी दिए।

घटनापछि ट्रक चालक फरार भएपनि प्रहरी अनुसन्धानबाट पत्ता लागि सकेको हुनाले चाँडै चालकलाई नियन्त्रणमा लिने दाबी गरे। मृतक दुवै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको छ। बसमा सबै यात्रुहरुको एउटै गाउँको रहेको बताए।

यता तिर्थ यात्रु बसलाई ट्रकले ठक्कर दिदा दुखद घटना भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापा संगै सुरक्षा निकायका टोली सहित घटनास्थलमा पुगेको छ। अस्पतालमा रहेका घाईतेहरुलाई अविलम्ब उपचार गर्न चिकित्सकलाई निर्देशन दिदै विरगंज स्थित न्यूरो अस्पतालमा उपचारार्थ तिन जनालाई राम्ररी उपचार गराउन पर्सा प्रमुख जिल्ला अधिकारी संग समन्वय गरिएको तथा विरगंज स्थित महावाणिज्य दुतावासमा जानकारी समेत गराइएको रौतहटका प्रजिअ थापाले बताए।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App