६ वैशाख २०८१ बिहीबार
खेल

पोर्चुगललाई अर्काे उपाधि

पोर्टो – तीन वर्षपछि युरोपियन फुटबलमा सफलता दोहा¥याउँदा पोर्चुगल र क्रिस्टियानो रोनाल्डोले उत्सवको रूपमा अर्को अन्तर्राष्ट्रिय उपाधि चुमेका छन् । आइतबार युइएफए नेसन्स कपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै उपाधि जितेको पोर्चुगलले सन् २०१६ मा युरो कप च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय विश्व फुटबलमा अर्को ठूलो सफलता दोहो¥याएको हो।‘हाम्रा लागि यो ठूलो सफलता हो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने,‘यो जित सदैव पोर्चुगिज फुटबलमा यादगार दिनका रूपमा रहनेछ ।’ पोर्चुगलको यो सफलतामा रोनोल्डोको भूमिका उत्कृष्ट रह्यो ।.

उनकै ह्याट्रिक गोलको मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै उपाधियात्रा तय गरेको थियो।फाइनलमा भने रोनाल्डो गोल गर्न असफल भए पनि मिडफिल्डर गोन्जालो ग्युइडेसले गरेको गोल नै पोर्चुगललाई उपाधि दिलाउन पर्याप्त भयो।स्टेडियो डो ड्रागोमा भएको खेलमा गोन्जालोले दोस्रो हाफमा गोल गरेका थिए।रोनाल्डोले पछिल्ला समय पोर्चुगल फुटबलका लागि राम्रो समय बितिरहेको बताए।
‘पोर्चुगल फुटबलमा पछिल्ला वर्ष राम्रो नतिजा आइरहेको छ,’ रोनाल्डोले भने,‘राष्ट्रिय टोलीले केही महŒवपूर्ण उपाधि दिलाइरहेको छ ।’ पोर्चुगलको राष्ट्रिय टोलीले खेललाई

महŒवपूर्ण साबित गर्दा सन् १९८८ मा युरो च्याम्पियनसिप जितेपछि नेदरल्यान्ड्सको अर्को उपाधि जित्ने सपना अधुरै रह्यो। नेदरल्यान्ड्स टोली सन् २०१८ को विश्वकप र सन् २०१६ को युरोपियन च्याम्पियनसिप खेल्न नपाउनुको पीडा उपाधि जितेर पूरा गर्न चाहन्थ्यो ।
तर, हजारौं घरेलु समर्थकको साथ पाएको पोर्चुगलले त्यो योजना सफल हुन दिएन।पोर्चुगलले आफ्ना हजारौं समर्थकका बीच खुसीयाली मनाउने अवसर सिर्जना ग¥यो।रोनाल्डो, प्रशिक्षक सान्तोस र अन्य खेलाडीले जितपछि बालकोनीबाट आफ्ना समर्थकलाई प्रतिक्रिया दिएका थिए।त्यस क्रममा रोनाल्डोले समर्थकको साथबिना यो उपलब्धि सम्भव नहुने बताए।

नेदरल्यान्ड्सविरुद्ध रोनाल्डो खासै चल्न सकेनन्।उनलाई डच डिफेन्डर भर्जिल भान डिजिकले निकै नियन्त्रणमा राखे पनि ६०औं मिनेटमा ग्युइडेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै ग्युइडेसले गरेको प्रहार डच गोलकिपर जास्पेर सिलेसनको हातले छोए पनि बलले जाली चुमेको थियो ।डच टोली समूहचरणमा विश्वकप विजेता फ्रान्स र जर्मनीसँग उत्कृष्ट नतिजा निकाल्दै फाइनलसम्म पुगेको थियो।सेमिफाइनलमा पनि डच टोलीले इङ्ल्यान्डमाथि ३–१ को जित निकाले पनि त्यो प्रदर्शनलाई फाइनलमा दोहो¥याउन सकेन।तर, डच टोलीका डिफेन्डर भान डिजिकले आफ्नो टोलीले पछिल्ला समय निकै सुधार गरेको दाबी गरे। ‘प्रतियोगिता सुरु हुँदा हामी फाइनल पुग्छौं भनेर कसैले विश्वास गरेको थिएन,’ नेदरल्यान्ड्सका डिफेन्डर भान डिजिकले भने,‘तर हामीले प्रमाणित गरेर देखायौं।त्यसैले हामीले गर्व महसुस गरेका छौं।फाइनलका कारण केही निराशा भने पक्कै छ।तर, सबै बिर्सेर सुधारको बाटोतर्पm अग्रसर हुनेछौं ।’ यता पोर्चुगल भने समूहचरणमा इटाली र पोल्यान्डजस्ता टोलीका बीच फाइनलमा पुगेको थियो।फाइनलमा पनि आफूलाई प्रमाणित गर्दै उपाधि उचाल्यो। ‘पोर्चुगल फुटबलमा पछिल्ला वर्ष राम्रो नतिजा आइरहेको छ।राष्ट्रिय टोलीले केही महŒवपूर्ण उपाधि दिलाइरहेको छ ।’

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App