coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेयर कप उपाधि फुटसल एकेडेमीलाई

फुटबलको उपाधि विजेता धादिङ फुटसल एकेडेमीका खेलाडी।

धादिङ - प्रथम नीलकण्ठ नगरपालिका मेयर कप फुटबलको उपाधि धादिङ फुटसल एकेडेमीले हात पार्दा भलिबलको छात्रतर्फ धादिङ बोर्डिङ र छात्रातर्फ पञ्चकन्या माविले उपाधि जितेका छन्।

धादिङबेसीमा ५ दिनसम्म आयोजना गरिएको फुटबल प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिका– ३ को धादिङ फुटसल एकेडेमीले हात पारेको हो।फाइनल खेलको प्रतिद्वन्द्वी नीलकण्ठ नपा– १२ को साकोष युवा क्लबलाई ४–१ ले पराजित गर्दै १ लाख ५ हजार राशिको प्रथम पुरस्कार हात पारेको हो ।

फुटबल प्रतियोगीताको उत्कृष्ट खेलाडी धादिङ फुटसल एकेडेमीका डिफेन्डर मानबहादुर रानामगर घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि फुटसल एकेडेमीकै चन्द्रबहादुर तामाङले पाए।प्रतियोगिताको उच्च गोलकर्ताको उपाधि भने सेमिफाइनलबाटै बाहिरिएको विद्यार्थी उपकार समाज धुवाँकोटका खेलाडी सुब्बा तामाङले पाए।उनले प्रतियोगिता अवधिभर ६ गोल गरेका थिए।

मेयर कप भलिबलको उपाधि भने छात्रतर्फ धादिङ बोर्डिङ उच्च माध्यमिक विद्यालय र छात्रातर्फ पञ्चकन्या माध्यमिक विद्यालय खाल्टेले जितेका छन्। प्रतियोगिता नीलकण्ठ नगरपालिकाको आयोजना र न्यु किवो बार्डिङ स्कुलको व्यवस्थापनमा सम्पन्न भएको थियो।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App