काठमाडौ – स्टार वान इन्टरटेनमेन्टको आयोजनामा आगामी जेष्ठ ३२ गते राजधानी हुने ‘मिस टिन एसईइ’का प्रतिस्पर्धीहरूले आफूमा अन्तरनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।पाँचौ संस्करणको ‘मिस टिन एसईइ २०१९’का स्पर्धीहरूले प्रतियोगिता अन्र्तगको ‘ट्यालेन्ट शो’मा आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्।
प्रतिस्पर्धी सुन्दरीहरूले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका थिए।आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार यो ट्यालेन्ट शोबाट ‘मिस ट्यालेन्ट’लगायत अन्य विधागत उपाधि विजेता चयन गरिनेछ।
प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुविधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली,
कृति सिंखडा, सोफिया प्रसाईं, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, सम्राटप्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ।ट्यालेन्ट शोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लिलाधर भट्टराई र अभिनेत्री कस्मता निरौला निर्णायक थिए।
प्रकाशित: २८ जेष्ठ २०७६ ०२:५५ मंगलबार