coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मस्कोमा सुष्माको कला

काठमाडौं – रुसको राजधानी मस्कोमा गत जून ७ देखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६ औं एकल चित्रकला पनि प्रदर्शनका लागि राखिएको छ।प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे शुभारम्भ गरे ।

प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिव डा.बद्री केसी, पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी, साहित्यकार कृष्णप्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो।

राजदुत घिमिरेले नेपालबाट आएकी कलाकार  राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा खुशी लागेको र यस्ता कार्यक्रमले दुई देशबिचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए।

कलाकार राजभण्डारीले नेपाली कलाकारहरू जुन सुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सम्बन्धलाई अझ मजबुत गर्न सकिने बताइन् ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App