कास्मिरी बालिका बलात्कारपछि हत्या प्रकरण

संलग्न तीन जनालाई आजीवन कारावास

मङ्गलबार, २८ जेठ २०७६, ०८ : ०० नागरिक

नयाँ दिल्ली – भारत प्रशासित कास्मिरकी एक आठ वर्षीया मुस्लिम बालिकालाई बलात्कारपछि यातना दिएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका तीनजनलाई आजीवन कारावासको सजाय तोकिएको छ ।

बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा ६ जना दोषी पाइएकामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको बिबिसीले उल्लेख गरेको छ।बाँकी तीन दोषी प्रहरी रहेको र उनीहरुलाई प्रमाण नष्ट गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिएको छ । मुसलमान धर्मअन्तर्गत् घुमन्ते जातिकी ती बालिका सन् २०१८ को जनवरी महिनामा कास्मिरको कठुआ सहरनजिकैको एउटा जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

बालिकालाई बलात्कारपछि यातना दिएर हत्या भएको विषय बाहिरिएपछि भारतभर आक्रोश फैलिएको थियो।त्यसैगरी हत्या गरेको आशंकामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेपछि देशको हिन्दू अतिदक्षिणपन्थी समूहले प्रदर्शन गरेका थिए।उनीहरुको प्रदर्शनपछि यस विषय राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख समाचार बन्न पुगेको थियो ।
बालिकाको बलात्कारपछि यातना दिएर हत्या भएको यस घटनामा संलग्न रहेको भन्दै एक पूर्वसरकारी कर्मचारी, चार प्रहरी र एक नाबालकसहित आठ जनाविरुद्ध मुद्दा चलाइएको थियो।आठजना संदिग्धमध्ये एकलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेको र नाबालकलाई छुट्टै मुद्दा चलाएको बताइएको छ।सुरुमा आठैजनाले आफूविरुद्ध लागेको अभियोगमा आफू निर्दोष रहेको दाबी गरेका थिए ।

भारतमा १२ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने मागलाई कास्मिरी बालिकाको हत्याले थप बलियो बनाएको थियो।यस मुद्दालाई समेत उद्धृत गर्दै मृत्युदण्डको नयाँ कानुन बनाउन भारतभर दबाब दिने कार्य अहिले पनि जारी रहेको छ।यद्यपि अझै पनि बालिका बलात्कारपछि हत्याको विषयमा मृत्युदण्ड दिने वा नदिने भन्ने विषय न्यायाधीशले स्वविवेकमा भर पर्ने गरेको छ ।

बालिकालाई के भएको थियो ?
सन् २०१८ को नयाँ वर्षमै आठ वर्षीया ती बालिका हराइन् र उनको क्षतविक्षत भएको शरीर तीन सातापछि मात्रै फेला परेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार ती बालिकालाई कैयौं दिनसम्म एक स्थानीय मन्दिरमा बन्दी बनाएर राखिएको थियो र त्यहाँ उनलाई बेहोस बनाउने औषधी दिइएको थियो।सरकारले दायर गरेको मुद्दामा ती बालिकालाई बन्दी बनाएर ‘कैयौं दिनसम्म बलात्कार गरिएको, यातना दिइएको र अन्त्यमा हत्या गरिएको’ अभियोग लगाइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार गुज्जारस नामक जातिलाई आतंकित बनाउनका लागि पनि ती बालिकालाई निशाना बनाइएको थियो ।भारत सरकारले सन् २०१६ मा जारी गरेका अपराध आंकडाअनुसार देशभर प्रत्येक १५ मिनेटमा एक बालिका वा बालक यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् र सो तथ्यांक प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको छ ।

अभियोग लागेका मानिस को हुन ?
विशेष रूपमा गठन गरिएको सोमबारको द्रूत गतिको इजलाशमा सात जना अभियुक्तमाथि सुनुवाइ भएको थियो, जसमध्ये ६ जना दोषी पाइए । अनुसन्धानकर्ताहरुका अनुसार त्यसी दोषी पाइएका व्यक्तिमा ६० वर्षीय अवकाश प्राप्त सरकारी कर्मचारी सान्जी राम पनि एक हुन्।उनले नै दुई प्रहरी अधिकारी सुरिन्दर वर्मा र आनन्द दत्तसहित तिलक राज र दीपक खजुरियाको सहयोगमा अपराधको योजना बनाएको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

बलात्कार र हत्याको अभियोग रामका छोरा विशाल, उनका भतिज जुभिनिल र उनको साथी पर्भेस कुमारमाथि पनि लगाइएको थियो।यद्यपि विशाललाई पनि निर्दोष ठहर गर्दै अदालतले रिहा गर्न आदेश दिएको छ भने राम, खजुरिया र कुमारलाई आजीवन कारावासको सजाय भएको छ र बाँकी तीनजनालाई भने पाँच वर्षको जेल सजाय तोकिएको छ ।
अदालतको आदेश आएपछि बालिकाको तर्फबाट मुद्दा लडेका वकिलले ‘संविधानको मर्मको जित भएको’ प्रतिक्रिया दिएका छन्।उनले सिंगो देशले  नै यो मुद्दा लडेकोसमेत जिकिर गरे ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...