८ वैशाख २०८१ शनिबार
समाज

गंगालालमा सुविधा सम्पन्न नयाँ आकस्मिक कक्ष

काठमाडौं - शहिद गंगालाल हृदय केन्द्रमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण भएको छ। विद्यमान आकस्मिक कक्ष अपुग भएकाले नयाँ भवनमा नयाँ आधुनिक कक्षको निर्माण गरिएको अस्पतालले जनाएको छ। नयाँ आकस्मिक कक्ष ३४ शैड्ढया क्षमताको आकस्मिक कक्ष निर्माण भएको छ। विद्यामान कक्षमा मात्र १८ शैड्ढयाको कक्ष मात्र सञ्चालनमा थियो।

नयाँ आकस्मिक कक्ष उपकरण पूर्णरुपमा जडान गरेपछि असारको पहिलो साताभित्र मात्र सञ्चालनमा आउने अस्पतालका प्रशासक राम आचार्यले बताए। ‘धमाधम उपकरण जडान तथा आवश्यक सामग्री मिलाउने काम भइरहेको छ। असारको पहिलो साताभित्र सञ्चालनमै आउँछ,’ अस्पताल प्रशासक आचार्यले भने।

पुरानो कक्षमा आधारभूत सुविधा मात्र भएको र साँघुरो भएकोले नयाँ कक्ष बनाइएको अस्पतालले बताएको छ। यसका लागि कक्षमा हृदयघात भएर आउने बिरामीका लागि शल्यक्रिया कक्ष, हृदयघात भएका बिरामीको लागि क्याथ ल्याब, गम्भीर बिरामीलाई आवश्यक अक्सिजन, परिम्पङ उपकरण, पाइपलाइन अक्सिजनलगायत आधुनिक सुविधा हुनेछन्। ‘आकस्मिक कक्षमा आएका बिरामीलाई तुरुन्तै शल्यक्रिया गर्न मिल्ने गरी क्याथ ल्याब कोठा, अपरेसन थिएटरको व्यवस्था छ,’ अस्पताल प्रशासक राम आचार्यले भने। अन्तिम तयारी भइरहेको सो कक्ष असारको पहिलो साताभित्र प्रयोगमा आउने प्रशासक आचार्यले बताए।

तीन तले सोही भवनमा रहेका बाँकी कोठाहरु बहिरंग विभागको लागि प्रयोग गरिने प्रशासनले जनाएको छ। बहिरंग विभाग पनि मुटुका बिरामीका लागि सहज हुने गरी निर्माण गरिएको आचार्यले जानकारी दिए। बिरामीलाई माथिल्लो तलामा जान विद्युतीय भ¥याङ, दोस्रो तलाको बराण्डामा बिरामीलाई आनन्द मिल्ने गरी सानो बगैंचा समेत निर्माण गरिँदैछ। भवनमै आइसियु कोठाहरु, चार वटा क्याथ ल्याब सेवा, मडुलर अपरेसन थिएटर, नयाँ आइसियु सेवा हुनेछन्।

अस्पतालमा आउने मुटु, उच्च रक्तचापका बिरामीका लागि सेवा दिनको लागि अस्पतालमा आधुनिक आकस्मिक कक्ष तथा अन्य सेवा आवश्यक परेकाले गत चार वर्षदेखि भवन निर्माण सुरु भएको थियो। भवन निर्माणको लागि ५५ करोड खर्च भइसकेको अस्पतालले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App