७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीद्वारा साइडलाइन भेटघाट

काठमाडौं – अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उच्चस्तरीय साइडलाइन भेटघाट गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार नर्वेजियन प्रधानमन्त्री इर्ना सोल्वेर्गसँग भेट गरेका छन्। भेटमा दुई पक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। भेटमा दुई पक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा थप नयाँ क्षेत्रमा केकस्ता सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले सोमबारै टर्किस उपराष्ट्रपति फउट ओक्तायसँग पनि साइडलाइन भेट गरेका छन्। सो भेटमा नेपाल र टर्कीबीच व्यापार, पर्यटन, श्रम र कृषिलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ। त्यस्तै प्रधानमन्त्री ओलीले आइएलओको शताब्दी सत्रलाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीसहित नर्वे, स्विडेन, मोरोक्को, रसिया, सोल्भिनिया, ट्युनिसिया, लक्जमवर्ग, बेलायत, जमैका, बुर्किना तथा जर्मन चान्सलरलगायत विभिन्न देशका सरकारप्रमुखले उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन्। साताव्यापी युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओलीले आइतबार जेनेभा पुगेलगत्तै त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App