coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

गुठी विधेयकले धर्म, संस्कृति र परम्परामा गम्भीर प्रहार गर्यो: कांग्रेस

काठमाडौं– प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको छ। कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए। 

संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण प्रदर्शनमा किन दमन र हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले संसदमा दिनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो।  

गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। गुठी विधेयकबाट पुरातन धर्म संस्कृतिमाथि नै प्रहार भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २७ जेष्ठ २०७६ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App