८ वैशाख २०८१ शनिबार
अर्थ

सुनसरी उद्योग वाणिज्य संघमा सापकोटा विजयी

धरान–  उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी सापकोटा विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्धन्दी विजय श्रेष्ठलाई ७८ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन्।

सापकोटाले ७४१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ६६३ मत प्राप्त गरेको निर्वाचन उपसमितिले जानकारी दिएको छ। संघको कुल १७४८ मतदाता मध्ये सोमबारको मतदानमा १४३४ मत खसेको थियो। त्यसमध्ये पनि १४०४ मत मात्र सदर भएको थियो। अध्यक्षमा विजयी सापकोटालाई नेकपाको समर्थन थियो भने श्रेष्ठलाई नेपाली कांग्रेसको समर्थन थियो। सापकोटा यसअघि संघमा द्धितीय उपाध्यक्ष पदमा थिए भने पराजित श्रेष्ठ प्रथम उपाध्यक्ष पदमा थिए। 

यसैगरी, वाणिज्य सदस्यतर्फ मानबहादुर विश्वकर्मा (५८५ मत), सीताराम आचार्य(५६९ मत), नविन राजभण्डारी (५४६ मत), मनाज श्रेष्ठ(५२७ मत), सशी साह(५०७ मत), राजेश अग्रवाल( ५०३), अशोक जैन डाँगा(४७५ मत) र दिनेश राई(४७१ मत) पाएर विजयी भएका छन्। वाणिज्य सदस्यतर्फको ८ जनाको पदमा १४ जना उम्मेद्वार भिडेका थिए। यसैगरि,वाणिज्य महिला सदस्यतर्फ शुभेच्छा अधिकारी(श्रेष्ठ)ले ४७५ मत पाएर विजयी भइन्। उनका प्रतिद्वन्दी ममता शाक्यले ३०० मत मात्र पाइन्। 

यस्तै, उद्योग सदस्यतर्फ विष्णु वराल(३३१ मत), पीयुषराज आचार्य(३२२ मत), महेन्द्र प्रधा(३१७ मत) र प्रभाव खतिवडा(२६८ मत) पाएर विजयी भए। उद्योगतर्फ ४ जनाको पदमा ८ जना उम्मेद्वार भिडेका थिए। यस्तै, एशोसिएटतर्फको ३ जना सदस्यमा राजिव गोयल(६२ मत), गोपाल श्रेष्ठ(५३ मत) र अनिल अग्रवाल(४६ मत) पाएर विजयी भएका छन् । तीन जना सदस्य पदमा ६ जना उम्मेदवार थिए। यसअघि, वस्तुगत सदस्यतर्फ शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा तथा उद्योग महिला सदस्यतर्फ एलिना मगर निर्विरोध निर्वाचित भइसकेका थिए। 

कुल २५ जनाको कार्यसमिति मध्ये एक जना अध्यक्ष र १९ जना सदस्यको निर्वाचनबाट चयन हुन्छ। बाँकी ५ सदस्यमध्ये एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य हुन्छन् भने बाँकी ४ जना सदस्यमध्ये २ जना अध्यक्षले र २ जना कार्यसमितिले चयन गर्ने प्रावधान छ। अन्य पदाधिकारीको जिम्मेवारी बाँडफाँड कार्यसमिति बैठकबाट निर्णय गर्ने प्रावधान छ। 

प्रकाशित: २७ जेष्ठ २०७६ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App